नेपाली संघीय समाज इजरायलको तेस्रो अधिबेशन सम्पन्न ,पासाङ्ग नोर्बु शेर्पा अध्यक्ष चयन |

राजनीति    विदेश

नेपाली संघीय समाज इजरायलको तेस्रो अधिबेशन सम्पन्न ,पासाङ्ग नोर्बु शेर्पा अध्यक्ष चयन |
कात्तिक ४ इजरायल :- नेपाली संघीय समाज (नेफेसो) इजरायलको तेश्रो अधिवेशन भब्य रुपले सम्पन्न भएको छ ।सो अधिवेशनले पासाङनोर्बु शेर्पाको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नया कार्यसमितिको अन्य पदाधिकारीहरुमा सहअध्यक्षमा कल्पना मोक्तान तामाङ,बरिस्ठ उपाध्यक्षमा फुर्बा शेर्पा,उपाध्यक्षमा छोङ्बा शेर्पा,शर्किनी ह्योल्मो,दिपक शाह ठकुरी,महासचिवमा अनिला मोक्तान तामाङ,प्रवक्तामा समिर स्वाङ्बा ह्योल्मो,सचिवमा आङ्छिरिङ शेर्पा,शंकर गोले तामाङ,पेम्बाडोमा ह्योल्मो,कोषअध्यक्षमा अनिता राई,सहकोषअध्यक्षमा सुनिता मोक्तान तामाङ,सदस्यहरुमा दिनेश मोक्तान तामाङ,लाक्पा लामा शेर्पा,दोर्जे शर्पा,विमला मोक्तान तामाङ,अनुराज मोक्तान तामाङ,छ्योकी डुम्जन तामाङ रहेका छन् ।तेल अभीवमा सम्पन्न सो कार्यक्रममा संघीय समाजवादी फोरमका उपाध्यक्ष युवराज कार्कीको प्रमुख आतिथ्य तथा सुन्दरसिहं लामा तामाङको अध्यक्षमा सल्लाहकार समिति गठन गरिएको छ । सदस्यहरुमा छिरिङ लामा शेर्पा,सुभाश राई,कुमार राई,दिप कुमार राई,चयन गरिएका छन् । अधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई नेपालबाट आमन्त्रित पार्टीका उपाध्य्क्ष कार्कीले शपथ खुवाएका थिए ।केन्द्रिय उपध्यक्ष कार्कीले पार्टी सरकारमा संविधान संशोधनका लागि सहभागी भएको बारे स्पष्ट पार्दै शुभकामना मन्तव्य राखेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...