रेलको ठेक्कापट्टामा राष्ट्रिय ढुकुटीको ब्रह्मालुट भयो, छानबिन गर: रामचन्द्र पौडेल

राजनीति

रेलको ठेक्कापट्टामा राष्ट्रिय ढुकुटीको ब्रह्मालुट भयो, छानबिन गर: रामचन्द्र पौडेल
१७ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा-इनरुवा रेलमार्गको ठेक्का प्रक्रिया तत्काल रोक्न माग गरेका छन् । बुधबार विज्ञप्ति जारी गर्दै पौडेलले तत्काल रेलमार्गको ठेक्कापट्टा रोकेर लेखा समिति, विकास समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत न्यायिक छानविन गर्न माग गरेका छन् । पौडेलले निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा रेलमार्ग निर्माणको दिने तयारीले सरकारको भूमिकाले नीतिगत तथा संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको प्रष्ट भएको उल्लेख गरेका छन् । उनले जग्गाको मुआब्जा समेत वितरण नगरी आवश्यक गृहकार्य र तयारीबिना ठेक्कापट्टामा हतारिनुले गर्नुले राष्ट्रिय ढुकुटीको ब्रम्हलुट हुने देखिएको बताएका छन् । रेलमार्ग निर्माण परियोजनाका लागि निर्माणस्थलको धरातल तय भइनसकेको र सार्वजनिक खरिद ऐन तथा खरिद नियमावलीविपरीत खुला प्रतिस्पर्धा नगराई निश्चित ठेकेदार कम्पनीलाई पोस्ने गरी ठेक्का दिनु अनुचित भएका बताएका छन् । उनले हचुवाका भरमा ३५ अर्ब खेर जाने अवस्था आउनु अनुचित भएको पनि उल्लेख गरेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...