नयाँ श्रमिक पनि विदेश जान पाउने सरकारको निर्णय

रोजगार    विदेश

नयाँ श्रमिक पनि विदेश जान पाउने सरकारको निर्णय
१५ भदौ, काठमाडौं । सरकारले रोजगरदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको  छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नियमित उडान पनि सुरु हुने भएकाले श्रम गन्तब्य मुलुकले माग गरेमा श्रम सम्झौताअनुसार विदेश जान चाहाने नयाँ कामदारलाई पनि जान दिने निर्णय गरेको हो । माग र श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुल्ला गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । यसअनुसार अब नेपाली कामदार लैजान बाटो खुला राखेका मुलुकमा जान नयाँ श्रम स्वीकृति पनि जारी हुनेछ । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति भने यसअघि देखि नै दिइरहेको छ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको थियो । अब नयाँ शर्तसहित श्रम स्वीकृति पनि जारी गर्न लागिएको हो । गत फागुन ३० देखि नयाँ श्रम स्वीकृति बन्द छ । अब वैदेशिक रोजगारी खुला भएका र सम्बन्धित मुलुकले लिने अवस्थामा नयाँ श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...