मलेसियामा तमु समुदायको राष्ट्रिय पर्व च्यु ल्होसार भब्य रुपले मनाउने ।

विदेश

मलेसियामा तमु समुदायको राष्ट्रिय पर्व च्यु ल्होसार भब्य रुपले मनाउने ।
नोबेम्बर १२ मलेसिया :- “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु - शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ" भन्ने नारासंगै बिदेशमा भएर पनि तमु जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन बिकास तथा सामाजिक, मानविय सेवा कार्यमा समर्पित रहेर तमु एकतालाई ध्यानमा राखेर २००३ सालमा स्थापित नेपाल तमु समाज मलेसियाले बिगतका बर्षहरुमा झै यसपाली पनि तमु समुदायको पहिचान तथा मौलिकता बोकेको राष्ट्रिय चाड च्यु ल्होसार स्थानीय कलाकार साथमा नेपाल तमु समाज मलेसियाका कलाकारहरुले गुरुङहरुको संस्कार संस्कृति झल्काउने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु सहित भब्य रुपले मनाउने तयारी गरिरहेको छ । आउदो अङ्ग्रेजी नयाँ बर्ष २०२० जनवरी १ तारिख बुधबार मलेसियाको राजधानी स्थिति होटेल एरिना स्टारमा नेपाल तमु समाज मलेसियाले च्यु ल्होसार कार्यक्रममा उपस्थितिको लागी नेपाल तमु समाज मलेसियाले मलेसियामा रहेका अन्य संघ संस्था व्यवसायी , समाजसेवी , बुद्धिजीवी मलेसियामा रहेका तमु गैर तमु दाजुभाइ तथा दिदि बहिनीहरुलाई गरिमामय उपस्थितिको लागी अनुरोध तथा निमन्त्रणा गरिने नेपाल तमु समाज मलेसियाका महासचिव दिल गुरुङले जानकारी गराएको छ।

तमु च्यु ल्होसार कार्यक्रम मलेसिया आयोजक :-नेपाल तमु समाज मलेसिया

मिती :जनवरी १ २०२० स्थान:एरिना स्टार होटेल के एल समय:बिहान १० :३० बजे देखी बेलुकी ६ बजे सम्म


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...