इजरायलमा नेपाली राजदुताबासको मुल आयोजनामा २५६३ औं बुद्द जयन्ती भब्य रुपले मनाउने ।

विदेश

इजरायलमा नेपाली राजदुताबासको मुल आयोजनामा  २५६३ औं बुद्द जयन्ती भब्य रुपले मनाउने ।
अप्रील ३० तेल अभिव :-इजरायलमा शान्तीका अग्र दूत भगवान गौतम बुद्धको २५६३ औं जन्म जयन्ती मनाईने भएको छ ।नेपाली राजदुतावास इजरायलको मुलआयोजना साथै इजरायलमा स्थापना भएका विभिन्न संघ-संस्थाहरुको सकृयतामा कार्यक्रमको तयारी गरिएको हो ।आउदो १८ मे २०१९ शनिबारका दिन तेल-अविव स्थित हगाना-१३५ मा रहेको हलमा भगवान गौतम बुद्धको २५६३ औ बुद्ध जयन्ती मनाउने तयारी गरेको छ । नेपाली राजदुताबासले गएको साल अर्थात् २५६२ औ बुद्द जयन्ती पनि मूल आयोजकको रुपमा भब्य रुपले सम्पन्न गरेको थियो ।यस बर्षको कार्यक्रममा विभिन्न देशका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहने नेपाली राजदुताबासले जनाएको छ ।उक्त कार्यक्रममा इजरायलमा रहेका सम्पूर्ण नेपालीहरुलाई उपस्थित भई भव्यताका साथ सफल पर्न नेपाली राजदुतावासले अनुरोध गरेको छ ।

२५६३ औ बुद्ध जयन्ती मिती :-१८ मे २०१९ शनिबार समय :-९ बजे बिहान स्थान :-हगाना-१३५ तेल-अविव

तेल अभीव पार्क देखी कार्यक्रम स्थल सम्म पुग्न यातायातको व्यवस्था गरीएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...