द्वन्दपीडित ७८ बर्षिय लिला गुरुङ्गलाई साईप्रसबाट उपाचार्थ आर्थिक सहयोग।

विदेश

द्वन्दपीडित ७८ बर्षिय लिला गुरुङ्गलाई साईप्रसबाट उपाचार्थ आर्थिक सहयोग।
जुन ४ पोखरा :-तमु समाज साईप्रसको पहलमा गत महिना मे २२ तारिक गण्डकी टेलिभिजन द्वारा प्रस्तोता अपिल त्रीपठीबाट प्रसारण गरिएको द्वन्द पीडित ७८ बर्षिय लिला गुरुङ्गको दर्दनक जीवन कथा बाट प्रभाबित भइ समाजका अध्यक्ष श्रीमती कृष्ण तमुस्यो को अध्यक्षतामा पीडित लिला गुरुङ्ग लाई केही हद सम्मा भए पनि उहाको पिडालाई थोरै भएपनी राहत होस भनी तमु समाज साईप्रसले नेपाली रु २१ हजार २५ रुपियाँ सहयोग गरेका छन । पोखराको चिप्ले ढुङ्गा चोकमा काक्रो बेच्दै आफ्नो दैनिकी चलाउदै आइरहेको पीडित लिला गुरुङ्ग्को २०६२ फागुण १५ गते माओबादी द्वारा सेना लाई लक्षित गरि प्रहार गरिएको बम को बारुद ले सक्त घाइते भएकी गुरुङ्ग हाल हलन न चलन गरि (कम्मर मुनिको भाग देखि तल) आफ्नो जीवन लाई मृत्यु संघ संघर्षरत छन । उपाचरको लागि आफू संग केहि नभएको टिन ले छाएको एक सानो छाप्रो झुपडी मा पोखरा नया बजार को सानो गल्लीको छेउमा आफ्नो जीवन ब्यतित गरि रहेका छिन । तमु समाज साईप्रसको स्थापन भएको छोटो समय देखि नै आफ्नो मौलिक पहिचान, चार्ड पर्व मनाउने देखि लिएर तमु तमुस्योहरु बिचको आपसी दु:ख सुख एवं आपसी आर्थिक समस्या लाई सामधान र मानबिय सेवामा समर्पित तमु समाज साइप्रसमा अबाद्ध सदस्यहरुको मिलेमतो मा आर्थिक रकम संकलन र कोषमा रहेको केही रकम थप गरि उक्त रकम नेपाल ज्योती गुरुङ्ग्को नाममा प्रेषित गरि सो सम्बन्धित पिडित कै घर मा गइ ज्योती गुरुङ्ग् द्वारा रकम हस्तान्तरण गरिसकेको कुरासमाजकि कोषाध्यक्ष पद समाली रहनु भएका प्रीया तमुस्यो ले जानकारी दिनु भएको छ।प्रबासी भुमी बाट केही मात्रमा भए पनि पिडितमा चर्चराई रहेको घाउ लाई केही हद सम्मामा भए पनि थोरै सहयोग ले केही राहत हुने छ भन्ने बिश्वस लिदै देश प्रदेश मा छरिएर रहेका सम्पुर्ण नेपालीहरु तथा संघ संस्था समाज हरुलाई सहयोग को हार्दिक अपिल समेत तमु समाज साईप्रस कि अध्यक्ष कृष्ण तमुस्यो ले गर्नु भएको छ । स्मरण रहोस एक महिना पहिला पनि यस्तै मानबिय सेवाको रुपमा यस तमु समाज साईप्रस ले स्याङ्जा जिल्लाका तीन जनामा दुई मृगौला रोगी र एक ब्लड क्यन्सर पिडित लाई आर्थिक सहयोग गरि सकेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...