तमु प्ये ल्हु संघ अमेरिकाको ल्होसार भब्य रुपले सम्पन्न |

विदेश

तमु प्ये ल्हु संघ अमेरिकाको ल्होसार भब्य रुपले सम्पन्न |
पुस १६ कोलोराडो :- "म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु"अर्थात "शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ" भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले डिसेम्बर २८ शुक्रबार र डिसेम्बर २९ शनिबारका दिन धुमधामसँग तमु महान पर्व फो ल्होसार मनाए । हरेक वर्ष तमु प्ये ल्हु अमेरिका ले २ दिन ल्होसार मनाउदै आइरहेको छ ,यसै वर्ष मा पनि ल्होसार को पहिलो दिन छ्योपा त्हें ,यसै संस्था का अध्यक्ष श्री टोउ क्रोम्छे तमु ,प्रथम उपाध्यक्ष श्री चक्र क्रोम्छे तमु ,द्वितीय उपाध्यक्ष ढक बहादुर ल्हेगे तमु तथा सल्लाहकार श्री टेक बहादुर ल्हेगे तमु बाट सम्पन्न गरिएको थियो | नेपाली घर का अध्यक्ष्य तथा नेपाली सामुदायिक भवन निर्माण समिति का संयोजक श्री लक्ष्मन राना ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त ल्होसार कार्यक्रममा अतिथिमा मा सरिता गुरुङ फाउन्डेसन का प्रबन्धक तथा "बेसहारा का सहारा" का उपमा चिनिने समाज सेवी सरिता तमुस्यो (गुरुङ) ,यस संस्था को स्थापना काल देखि आर्थिक ,नैतिक ,भौतिक रुपमा सहयोग गर्नु हुने ,समाज सेवी तथा रक्की माउन्टेन फ्रेन्ड्स् आफ नेपालका निबर्तमान अध्यक्ष्य श्री सुरेन्द्र श्रेष्ठ , मगर समाज डेनभर का प्रतिनिधि श्री निम थापा , रक्की माउन्टेन फ्रेन्ड्स् आफ नेपालका सचिब श्री टिका पौडेल ज्यु उपस्थिति हुनुभएको थियो | संघका उप-प्रमुख सल्लाहकारको आतिथ्य सत्कार, संघका अध्यक्ष टौ क्रोम्छे तमुको सभापतित्वमा सचिव सन्तोष क्रोम्छे तमु ,अनिशा तमुस्यो तथा कल्पना तमुस्यो हरुले सन्चालन गरेको उक्त कार्यक्रमलाई प्रमुख अतिथि श्री लक्ष्मन राना ज्यु बाट शुभकामना र उहाको बाहुलीबाट क्होँईवो धिँ सहितको पानसमा दिप प्रज्वलन गरी विधिवत रुपमा समुद्घाटन गरेका थिए ।व्यस्त समय बावजुद पनि उल्लेख्य उपस्थिति रहेको उक्त ल्होसार कार्यक्रम अति नै प्रभावकारी रहेको थियो। कार्यक्रममा संघका संघका प्रमुख सल्लाहकार श्री जित ब क्रोम्छे तमु ज्यु तथा संस्था का द्वितीय उपाध्यक्ष्य श्री ढक ब ल्हेगे तमु को स्वागत , शुभकामना तथा तमु को संस्कार संस्कृति बारे प्रकाश तथा उपस्थित अतिथ , सम्पूर्ण तमु तथा नेपाली दाजुभाई दिदि–बहिनीहरुलाइ खी -ल्हो (कुकुर वर्ग ) लाइ बिदाई तथा फो -ल्हो (मृग वर्ग )को स्वागत गर्दै ल्होसारको शुभकामना आदन प्रदान गरेका थिए । यसैगरी कार्यक्रमलाई थप मनोरञ्जन दिनको लागि स्थानीय कलाकारहरुबाट विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत , चिट्ठा उपहार योजना गरिएको थियो भने अन्त्यमा OPEN FLOOR DANCE गरि मनोरंजन गरिएको थियो I

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...