पवित्र क्होईवो निर्माण अभियान बोकेर कतार पुगे ”खै ओ म्हिथेवा”बक्र ईदको दोस्रो दिन प्रदर्शन हुने |

विदेश

पवित्र क्होईवो निर्माण अभियान बोकेर कतार पुगे ”खै ओ म्हिथेवा”बक्र ईदको दोस्रो दिन प्रदर्शन हुने |
श्रावन १३ चन्द्र ल्हेंगे तमु दोहा :-कतारमा तमु (गुरुङ)संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र "खै ओ म्हिथेवा" आयो है ठूलो मान्छे चलचित्र साथमा कलाकार युवा नायक अनन्न गुरुङ तथा नव नायिका मन्जु गुरुङको विशेष उपस्थितिमा भब्य प्रदर्शनको अन्तिम तयारीमा । तमु (गुरुङ) जातिको आस्थाको धरोहर पबित्र क्होईवों तथा सामुदायिक भवन निर्माण सहयोगार्थ स्वरुप तमु प्ये ल्हु संघ कतारको आयोजनामा तमु (गुरुङ) संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र "खै ओ म्हिथेवा" युरोपेली देश युके, हङकङ, अस्ट्रेलिया, लगायत भर्खरै फ्रान्स पेरिस शहरको आपर सफलता पछि Colorado international activism film festival # CIAFF अमेरिकामा बेस्ट अवार्ड जित्न सफल, चलचित्र "खै ओ म्हिथेवा" जसलाई नेपाली भाषामा "आयो है ठूलो मान्छे" भनिन्छ, गुरुङ चलचित्र जगतमै सुनौलो पानामा नाम लेखाउन सफल अत्यधिक दर्शक स्रोतहरुको मन मस्तिष्कमा बस्न सफल चलचित्र "खै ओ म्हिथेवा" अब छिटै तपाई हाम्रो शहर दोहा कतारमा पनि प्रदर्शन हुन गैईरहेको छ ।   गुरुङ चलचित्र जगतमा कुशल लेखक, निर्देशक निर्माता समाजसेवी मिलनसार श्री सुबास गुरुङ द्वारा निर्मित पहिलो चलचित्र “म्हिथेवा” चलचित्रको अपार सफलता पछी फेरि अर्को मार्मिक गुरुङ चलचित्र "खै ओ म्हिथेवा" "आयो है ठूलो मान्छे" नामक चलचित्र मार्फत देखाउन खोजिएको सन्देश एउटा बालक हुर्किदै गएर अन्तता बिदेश नगैइकन स्वदेशी भुमिमै देशको राष्ट्र सेवक बन्ने सपना बोकेको युबक राम्रो मेहनतका साथ आफ्नो शैक्षिक यात्रा लाई पूरा गरि राष्ट्र सेवक बन्न जादा नागरिकताको आवश्यकता पर्दछ । रगतको नाता आफ्नै देशमा जन्मिएर पनि नेपाली नागरिकता नपाई राष्ट्र सेवक हुनबाट बन्चित बन्नु परेको कारुणिक अनगिन्ती दु:ख पिडालाई समेटि कथा बस्तुमा आधारित बनाइएको उक्त चलचित्रका लेखक निर्देशक श्री सुबास गुरुङ (गणेश) निर्माता वसन्त गुरुङ, गोपाल गुरुङ, सुर्य गुरुङ, लिला गुरुङ, रोशनी गुरुङ,रहेको छ, भने चलचित्रमा कलाकारको भुमिका एंब मुख्य पात्रहरु स्वयं सुबास गुरुङ, आनन गुरुङ, गोपाल गुरुङ, मन्जु गुरुङ, उर्मिला गुरुङ र सम्मानित नेपाल आईडल सिजन १ का तेस्रो स्थान जित्न सफल सुरिलो स्वरका धनी गायक प्रताप दास समेतको अभिनय रहेको छ ।   तमुहरुको आंस्थाको धरोहर पबित्र क्होईवों तथा सामुदायिक भवन निर्माण सहयोगर्थ स्वरुप प्रदर्सन गर्न लागेको यस चलचित्र प्रदर्सनको ब्यबस्थापन तमु प्ये ल्हु संघ कतारले जिम्मा लिएको छ । यहि आउदो मुस्लिम धर्मावलम्बीहरुको पबित्र चाड बक्र ईद (ईद उल अदा) छुट्टीको अबसर पारी तपसिलको स्थान, मिति र समय (इद छुट्टीको दोश्रो दिन कतारको एसियन टाउनको ग्राण्डमल नजिकैको सिनेमा हलमा दिउँसो २:०० बजे देखि सोहि फिल्मको कलाकारद्वय नायक र नायिकाको प्रत्यक्ष बेजोड नृत्य प्रस्तुतिको साथमा भब्य प्रदर्शन हुन गैरहेको छ । उक्त दिन तपाईं हाम्रो साथ र सहयोगका साथ दोहामा कार्यरत सम्पुर्ण नेपालीहरुलाई हार्दिक निमन्त्रणा साथ चलचित्र हेरि मनोरञ्जन एबं तमु जातिको मौलिक पहिचान सम्बन्धी जानकारी लिनुको साथै यस पुण्य कार्यमा सहयोग गरिदिनु हुना निर्माताहरुको तर्फबाट सबैमा हार्दिक अनुरोध गरिएको छ।  

तपसिल :- मिती - बक्र ईद (ईद अल अदा) छुट्टीको दोश्रो दिन समय - दिउँसो २:०० बजे स्थान – एशियन टाउनको ग्राण्डमल सिनेमा हल, सनैया

थप जानकारी तथा टिकटको लागी सम्पर्क:- केशु ल्हेंगे तमु – 55082032, संग्राम प्हच्यु तमु – 33446931, युद्धजुंग प्हच्यु तमु – 74764521, सन्जु भुच्चा तमु – 55401753, चन्द्र ल्हेगें तमु – 55180718, रबिन्द्र प्ल्हे तमु – 33403831, भेषमान च्होर्मे तमु – 33597520, रन्जित क्रोम्छें तमु – 30059318, ईशा प्हच्यु तमुस्यो – 70254817, राजेश टु क्ल्हेप्री तमु – 33164018, पूर्ण कोह्ला तमु – 66770763, राजु ल्हेंगे तमु – 66513629

यातायात ब्याबस्थापनको लागी सम्पर्क: सन्त च्हम्रु तमु – दोहा - 55266921, हस्त ल्हेंगे तमु – सनैया - 77476578, ईच्छे प्हच्यु तमु – मिसाईद 55294708, शान्त फेवाली प्हच्यु तमु - अलखोर-उमसलाल – 55758176

संयोजक/आयोजक – ब्याबस्थापन केशु ल्हेंगे तमु / तमु प्ये ल्हु संघ कतार शाखा


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...