तमु समाज युएईले भव्यताका साथ जनवरी ०४ मा “तमु फ्हो ल्होसार ” मनाउदै।

विदेश

तमु समाज युएईले भव्यताका साथ जनवरी ०४ मा “तमु फ्हो ल्होसार ” मनाउदै।
कात्तिक ८मान सिङ तमु (मानु कोन्मे),युएई :- तमुहरु (गुरुङ) को महान मौलिक तथा सांस्कृतिक एबं ऐतिहासिक पर्व "तमु फ्हो ल्होसार" (मृग बर्ग) प्रत्येक बर्ष झैँ यो बर्ष पनि तमु समाज युएईले जनवरी ०४ तारिख २०१९ शुक्रबारका दिन आबुधाबि शहरमा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार चर्चित गायिका मेलिन राई तथा युएईमा रहेका चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिको साथ भव्य रुपमा मनाउने भएको छ। उक्त तमु फ्हो ल्होसार सांस्कृतिक कार्यक्रमलाई सम्पन्न गराउनका लागि तमु समाज युएईले तमु समाज युएई आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु - संयोजक,तमु समाज युएईका केन्द्रिय उपाध्यक्ष तथा उद्धार बिभाग प्रमुख नन्द जंग तमु - सह-संयोजक,तमु समाज युएईका महासचिव पबित्रा तमुस्यो - प्रायोजक प्रमुख,तमु समाज युएईका प्रबक्ता मान सिङ तमु - प्रचार प्रसार बिभाग प्रमुख,तमु समाज युएईका सांस्कृतिक बिभाग प्रमुख अमृत तमु - सांस्कृतिक बिभाग प्रमुख र तमु समाज युएईका संरक्षक राजु तमु - व्यवस्थापन बिभाग प्रमुख तोकेको छ। युएईको आबुधाबी शहरमा जनवरी ०४ तारिख् २०१९ शुक्रबारका दिन आयोजना हुन गइरहेको "तमु फ्हो ल्होसार कार्यक्रम" को निम्ति पुर्व तयारी तिब्रता साथ अगाडी बढी रहेको छ भने तमु समाज युएई संग आबद्द हुन चाहाने वा आबद्द भएर सम्पूर्ण तमुहरुको मौलिक तथा सांस्कृतिक एबं महान ऐतिहासिक पर्व "तमु फ्हो ल्होसार कार्यक्रम" को अन्य जानकारी को निम्ति इच्छुक महानुभावहरु लाई तमु समाज युएईले आव्हान गरेको छ।

उक्त दिन अर्थात जनवरी ०४ तारिख २०१९ शुक्रबारका दिन युएईमा रहेका कुनै पनि संघ सस्थाहरुले सकेसम्म आफ्नो कार्यक्रम नराखी दिनु हुन तमु समाज युएईले सम्पुर्ण संघ संस्था लाई अनुरोध समेत गरेको छ भने अन्य संस्थाले पनि कुनै मितिमा अन्य कुनै कार्यक्रमको पुर्व जानकारी तमु समाज युएई लाई भएको वा आएको खण्डमा आफ्नो कार्यक्रम नजुधाउने प्रण तमु समाज युएईले गर्ने तमु समाज युएईका अध्यक्ष उषा तमुस्योले बताउनु भएको छ।

तमु समाज युएईले युएईमा रहनु भएका सम्पुर्ण संघ,संस्थाका प्रमुख,बुद्धिजीवी मानुभाव,दाजुभाइ तथा दिदिबहिनीहरु लाई तमु फ्हो ल्होसार सांस्कृतिक कार्यक्रममा उपस्थिति जनाइ दिनु भइ कार्यक्रम लाई अझ भव्य र सभ्य पर्नको लागि निमन्त्रणा समेत गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...