तमु प्ये ल्हु अमेरिकामा पनि खि -ल्होसार महोत्सब सम्पन्न |

विदेश

तमु प्ये ल्हु अमेरिकामा पनि  खि -ल्होसार महोत्सब सम्पन्न |

जनवरी १ सन्तोष क्रोम्छे तमु  कोलोराडो :-प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले डिसेम्बर २९ शुक्रबार र डिसेम्बर ३० शनिबारका दिन धुमधामसँग तमु महान पर्व ल्होसार मनाए । हरेक वर्ष तमु प्ये ल्हु अमेरिका ले २ दिन ल्होसार मनाउदै आइरहेको छ ,यसै वर्ष मा पनि ल्होसार को पहिलो दिन छ्योपा त्हें ,यसै संस्था का अध्यक्ष श्री टोउ क्रोम्छे तमु ,प्रथम उपाध्यक्ष श्री चक्र क्रोम्छे तमु ,द्वितीय उपाध्यक्ष ढक बहादुर ल्हेगे तमु ,सल्लाहकार श्री टेक बहादुर ल्हेगे तमु तथा केश बहादुर ल्हेगे तमुद्वारा सम्पन्न गरिएको थियो |

usa1

दोश्रो दिन १० वर्ष मुनिका बालबालिकाहरुलाई उपहार प्रदान गरि कार्यक्रम शुरु भएको थियो| समाज सेवी ,तथा नेपाली घर का भुतपुर्ब अध्यक्ष्य श्री नारायण श्रेष्ठ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त ल्होसार कार्यक्रममा अतिथिमा मा LONGMONT HIMALAYA LIONS CLUB का अध्यक्ष श्री प्रमोद श्रेष्ठ ,नेवा खल का प्रतिनिधि मोहन श्रेष्ठ , रक्की माउन्टेन फ्रेन्ड्स् आफ नेपालका उपाअध्यक्ष मणि बस्नेत उपस्थिति हुनुभएको थियो |संघका उप-प्रमुख सल्लाहकारको आतिथ्य सत्कार , संघका अध्यक्ष टौ क्रोम्छे तमुको सभापतित्वमा सचिव सन्तोष क्रोम्छे तमुले सन्चालन गरेको उक्त कार्यक्रमलाई प्रमुख अतिथि श्री नारायण श्रेष्ठ शुभकामना र उहाको बाहुलीबाट क्होँईवो धिँ सहितको पानसमा दिप प्रज्वलन गरी विधिवत रुपमा समुद्घाटन गरेका थिए ।व्यस्त समय बावजुद पनि उल्लेख्य उपस्थिति रहेको उक्त ल्होसार कार्यक्रम अति नै प्रभावकारी रहेको थियो। कार्यक्रममा संघका प्रथम उपाध्यक्ष श्री चक्र क्रोम्छे तमु तथा कोष-अध्यक्ष सुश्री नन्दकला तमुस्योबाट स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए भने उपस्थित अतिथ , सम्पूर्ण तमु तथा नेपाली दाजुभाई दिदि–बहिनीहरुले चरा वर्गको बिदाई तथा कुकुर वर्गको स्वागत गर्दै ल्होसारको शुभकामना आदन प्रदान गरेका थिए । यसैगरी कार्यक्रमलाई थप मनोरञ्जन दिनको लागि विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो |

usa

नेपाली राष्ट्रियगानबाट प्रारम्भ गरिएको उक्त ल्होसार कार्यक्रममा साँस्कृतिक कार्यक्रमलाई अनिशा तमुस्यो तथा कल्पना तमुस्यो हरुबाट सन्चालन गरेका थिए भने गायक तथा कलाकारहरु बाट विविध लोक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई मनोरन्जन दिलाएका थिए ।यसैगरी कार्यक्रम का प्रमुख अतिथि लाई यसै संस्थाका अध्यक्ष्य तथा कार्यक्रम का सभापति श्री टोउ क्रोम्छे तमु बाट मायाको चिनो स्वरूप क्होँईवो धिँ प्रदान तथा प्रमुख आतिथि बाट खि-ल्होसार को शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ,सभापति श्री टोउ क्रोम्छे तमु बाट उपस्थित सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै सभापतिको आसनबाट अध्यक्ष टौ क्रोम्छे तमुले कार्यक्रम आयोजनामा भएका कमिकम्जोरीहरुप्रति क्षमा याचना गर्दै फेरी यसैगरी रमाईलो भेटघाट गरी ल्होसार मनाउने प्रतिवद्धता सहित औपचारिक कार्यक्रमको समापन गरेका गर्नु भएको थियो |

usa2

26197373_10210845263943119_1326563269_n


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 2.00)
Loading...