तमु समाज इजरायलको आयोजनामा खी ल्होसार कार्यक्रम भब्य रुपले सम्पन्न |

विदेश

तमु समाज इजरायलको आयोजनामा खी ल्होसार कार्यक्रम भब्य रुपले सम्पन्न |

जनवरी १ तेल अभिव :-विदेश भुमि इजरायलमा खी ल्होसार भब्य रुपले सम्पन्न भएको छ |तमु समाज इजरायलको आयोजनामा डिसेम्बर २९ शुक्रबार तेल अभिव शहर स्थिति यादखरुचिम १५ होटेल इभमा सम्पन्न भएको सो कार्यक्रमका अध्यक्षता तमु समाज इजरायलका अध्यक्ष सुश्री आशा तमुस्योले गर्नु भएको थियो |प्रमुख अतिथि नेपाली राजदुताबासका महामहिम राजदुत श्री निरन्जन कुमार थापा ज्यु ,बिशेस अतिथिहरुमा एनआरएन एनसिसि इजरायलका अध्यक्ष छिरिङ्ग लामा शेर्पा ज्यु ,नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोङ लिम्बु ,अतिथिहरुमा विभिन्न जातीय संघका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु ,ओन्लाइन मिडिया कर्मीहरुको उपस्थिति रहेको थियो |

gurung2

कार्यक्रममा उपस्थिति अतिथिहरुलाई बिना तमुस्यो ,मनु तमुस्यो ,सुनिता तमुस्यो र इन्द्रमाया तमुस्योले  ब्याज ,खादा लगाई दिनु भएको थियो | आफ्नो मौलिक भेषभुषामा इजरायलका गुरुङ (तमु )हरुको साथमा गैर गुरुङ नेपालीहरुको पनि बाक्लो उपस्थित रहेको थियो |सभाध्यक्ष ,प्रमुख अतिथि बिशेष अतिथि ज्युहरुले पानसमा दिप प्रज्वलन गरि शुरु भएको कार्यक्रममा नेपाली राष्ट्रिय गित तथा गुरुङ (तमु )राष्ट्रिय गीतको गौरवशाली धुन संगै अगाडी बढेको थियो |कार्यक्रममा उपस्थित हुनेहुने प्रमुख अतिथि ,बिशेष अतिथि ,अतिथि लगायत सम्पुर्णलाई स्वागत गर्नु हुँदै तमु समाज इजरायलका प्रथम उपाध्यक्ष तथा खी ल्होसार कार्यक्रमका संयोजक ओम तमु ज्युले स्वागत मन्तब्य दिनु भएको थियो |

gurung1

toot

शुभकामना मन्तब्य समाजका सल्लाहकार श्री डम्मर तमुले दिनु भएको थियो भने ,प्रमुख अतिथि नेपाली राजदुताबासका महामहिम राजदुत श्री निरन्जन कुमार थापा ज्युले नेपाल बहुजाति बहुभाषी देश भएकोले विभिन्न जातीय सस्कार ,सस्कृति देशको सम्पत्ति भएकोले सम्रक्षण गर्नु पर्ने भन्नु हुँदै ल्होसारको शुभकामना दिनु भएको थियो |त्यस्तै बिशेस अतिथि ज्युहरु एनआरएन एनसिसि इजरायलका अध्यक्ष छिरिङ्ग लामा शेर्पा ज्यु ,नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोङ लिम्बुले पनि शुभकामना मन्तब्य दिनु भएको थियो |

gurung3

26169208_1503162383112978_3234374174435132528_n

आफ्नो सफल कार्यकाल तथा योगदानको कदर गर्दै तमु समाजका भू पु अध्यक्ष डिक कुमार तमु तथा विभिन्न कार्यक्रमहरुमा सहयोग गर्नु हुने डिजे बिपिन तामांगलाई फेटा तथा दोसल्ला ओडाई सभापति ,प्रमुख अतिथि ,बिशेष अतिथिज्युले सम्मान गर्नु भएको थियो |कार्यक्रमको समापन गर्नु हुँदै सभापति तथा तमु समाज इजरायलका अध्यक्ष आशा तमुस्योले कार्यक्रम सफल बनाउन प्रत्येक्ष ,अप्रत्येक्ष रुपमा सहयोग गर्नु हुने ,कार्यसमितिका साथीहरु लगायत संयोजक लगायत विभिन्न उपसमिति संयोजक तथा उपस्थित सबैलाई धन्यवाद तथा ल्होसारको शुभकामना दिनु भएको थियो | 26241163_1950668255206959_1935732306_n

कार्यक्रम समापन पछि गुरुङहरुको मौलिक सस्कार सस्कृति झल्काउने विभिन्न सास्कृतिक कार्यक्रमहरुले मनोरंजन दिलाएको थियो भने कार्यक्रम भरिनै खानपिनको राम्रो बेबस्था गरिएको थियो , अतिथि /पाहुनाहरुलाई रेखदेखमा बिशेस ध्यान दिएको थियो |अन्त्यमा डिजे म्युजिक धमाकाले सबै झुम्न बाध्य गरेका थिए |कार्यक्रम एकदम आकर्षक ढंगले समाजका महासचिव हरिमाया तमुस्यो तथा सचिव बिष्णु कुमारी तमुस्योले संचालन गर्नु भएको थियो |तमु समाज इजरायलले बिदेशमा भए पनि आफ्नो छुट्टै मौलिक तरिकाले प्रत्येक बर्षको ल्होसार भब्य रुपले मनाउदै आईरहेको छ |26551166_1950671558539962_2046872624_n

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...