तमु (गुरुङ) समाज कतारको शाखा समिती महिला विभागको आयोजनामा दाजुभाई भेटघाट कार्यक्रम सम्पन्न |

विदेश

तमु (गुरुङ) समाज कतारको शाखा समिती महिला विभागको आयोजनामा  दाजुभाई भेटघाट कार्यक्रम सम्पन्न |
मे १३  दोहा :- अल नक्यान रेस्टुरेन्टको सभा हलमा तमु (गुरुङ) समाज कतारको शाखा समिती महिला विभागको आयोजनामा ११ मे, शुक्रबार बैशाख पूर्णिमाको शुभ अवसरमा दाजुभाई भेटघाट तथा खानपिन कार्यक्रम सम्पन्न भएको छ |तमुहरुको मूख्य पर्वहरु मध्ये बैशाख पूर्णिमाको शुभ अवसरमा प्रवासमा रहेर पनि दाजुभाइ चेलीबेटी बीचको सम्बन्ध र सद्भाव साटासाट गर्ने मात्र नभई आफ्नो संस्कार र संस्कृति जोगाउने हेतुले विगतका वर्षहरुमा जस्तै यसपटक पनि महिला विभाग समितिको आयोजनामा "दाजुभाइ भेटघाट तथा खानपिन कार्यक्रम" को आयोजना गरिएको हो। महिला विभाग समितिका संयोजक डिलकुमारी गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम समाजका तृतीय उपाध्यक्ष टौमाया गुरुङको स्वागत मन्तव्यबाट शुभारम्भ भएको थियो भने समाजका प्रमुख संरक्षक बिल बहादुर गुरुङको बाहुलीबाट दीप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गरिएको थियो। यही अवसरमा विभिन्न शीर्षकमा समाजका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। सम्मानित हुने व्यक्तित्वहरुमा गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका मध्यपुर्व उप-संयोजक, श्री प्रवीण गुरुङ हुनुहुन्थ्यो । वहाँलाई फेटा (क्रेगी) लगाई समाजको तर्फबाट बधाइ पत्र हस्तान्तरण गरि सम्मान गरिएको थियो। त्यस्तै हालसालै सम्पन्न खी ल्होसार महोत्सवमा योगदान दिनुहुने कलाकारहरूलाई सम्मान कार्यक्रममा विविध कारणले छुटेका कलाकारहरु निनल गुरुङ, सम्झना गुरुङ, टीका गुरुङ, सुजन राई, दिल बहादुर गुरुङलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो भने हालसालै सम्पन्न चेलीबेटी भोज तथा सम्मान कार्यक्रममा छुटेका चेलीहरु सम्झना गुरुङ, टीका गुरुङ र मञ्जु शाहीलाई पछ्यौराले सम्मान गरिएको थियो। अन्य सम्मानित हुनेहरुमा मानार्थ सदस्यता हस्तान्तरण सुजन राई, मन्जु शाही, आजीवन सदस्यता हस्तान्तरण राज गुरुङ, जी फोर एस कम्पनीका प्रबन्धक, कोसेली र सौजन्यको निम्ती पछ्यौराले सम्मानित गंगा गुरुङ( मन्जु), तिलमाया गुरुङ र महिला बिभाग बाट फेटा (क्रेगी) ले सम्मानित व्यक्तित्व समाजका सल्लाहकार विष्णु गुरुङ हुनुहुन्थ्यो । कार्यक्रममा बधाई शुभकामना तथा शिघ्र स्वास्थ्य लाभको शुभकामना पनि व्यक्त गरिएको थियो। तमु प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष निल गुरुङ र महिला विभाग समितिका सचिव सम्झना गुरुङलाई भर्खरै मात्र वैवाहिक सम्बन्धमा बाँधिनुभएकोमा संस्थागत रुपमा नव वरलाई फेटा(क्रेगी) र नव बधुलाई पछ्यौराले सम्मान गरिएको थियो। बधाई तथा सम्मानकै क्रममा समाजका द्वितीय उपाध्यक्ष धनराज गुरुङलाई वहाँको छोरी एक्मी गुरुङ हालै राजधानी काठमाडौमा आयोजित "ग्लोरी नेपाल २०१८" को विजेता हुनुभएको शुभ अवसरमा सम्मान गरिएको थियो भने तमु सांस्कृतिक परिवारका अध्यक्ष मदन तमु आफ्नै निवासमा चोटपटक लागेर स्वास्थ्य लाभ गर्दै गर्दा वहाँलाई स्याइ स्याइ तथा शिघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो। कार्यक्रममा सम्पूर्ण शाखा समितिहरुको प्रतिनिधित्व गर्दै पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक कर्म गुरुङ र विशेष अतिथीहरुको तर्फबाट प्ये ल्हु संघ शाखा कतारका अध्यक्ष संग्राम गुरुङ तथा सम्मानित व्यक्तित्व प्रवीण गुरुङको शुभकामना मन्तव्य रहेको थियो।उक्त कार्यक्रममा नै बुद्धिजीवी तथा समाजसेवी जी बी तामाङ बाट समाजलाई उपहार स्वरुप प्राप्त कलश समाजका प्रमुख संरक्षक बिल बहादुर गुरुङले संस्थाका अध्यक्ष भाइकाजी गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो।कार्यक्रममा तमु सांस्कृतिक परिवारको तर्फबाट विभिन्न सांस्कृतिक प्रस्तुतीहरुको साथमा दिवा भोजको राम्रो बेबस्था पनि व्यवस्था रहेको थियो | कार्यक्रममा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व उप-संयोजक, प्रवीण गुरुङ, संस्थाका प्रमुख संरक्षक बिल बहादुर गुरुङ, संरक्षक सदस्य बुधबल गुरुङ, निर्देशक सल्लाहकार रस (शिव) गुरुङ, सल्लाहकार सदस्यहरु आश बहादुर गुरुङ, मिन बहादुर गुरुङ, रन बहादुर गुरुङ, विष्णु गुरुङ, अध्यक्ष भाइकाजी गुरुङ, प्रथम उपाध्यक्ष खुशीमान गुरुङ, द्वितीय उपाध्यक्ष धनराज गुरुङ, तृतीय उपाध्यक्ष टौमाया गुरुङ, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य द्वय बिमल सुवेदी, बिनोद भट्टराई, सामाजिक अभियन्ताहरु टि एन बराल, क्रान्ति सिंह, मोहम्मद अजिज अलि, विष्णुलाल श्रेष्ठ, यम के. सी. , लोक दोहोरी प्रतिष्ठान कतारका अध्यक्ष कृष्ण बराल , खी ल्हो वर्षका तमु राजा (म्रु) दिनेश गुरुङ, मानार्थ सदस्य तथा तनहुँ सेती दोभान समाज कतारका प्रमुख सल्लाहकार पदम थापा,शाखा समिति तमु सांस्कृतिक परिवारका अध्यक्ष मदन गुरुङ, पश्चिमाञ्चल सम्पर्क समितिका संयोजक कर्म गुरुङ, पूर्वाञ्चल सम्पर्क समितिका संयोजक किशोर गुरुङ, प्ये ताँ ल्हु ताँ समितिका अध्यक्ष निल गुरुङ, तमु बचत तथा ॠण सहकारी संस्था लि. का अध्यक्ष हरिकाजी गुरुङ, लेखा समितिका संयोजक धन बहादुर गुरुङको आतिथ्य सँगै संस्थाका केन्द्रीय तथा शाखा समितिका पदाधिकारीहरु, नयाँ सदस्य तथा शुभचिन्तकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। विभिन्न सांस्कृतिक प्रस्तुतिहरु सँगै खानपिन कार्यक्रम सकिए लगत्तै महिला विभाग संयोजक तथा कार्यक्रमका सभापति डिल कुमारी गुरुङ द्वारा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै सभा समापन गरिएको समाजका महासचीव तेज गुरुङ ज्युले जानकारी दिनु भएको छ |  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...