नेपाल मगर संघ शाखा इजरायलले “माघ्या सकराटी”पर्व जुम भर्चुअलमा शुभकामना आदान प्रदान गर्दै मनाउने।

अन्य

पुष २२ फिष्टेल न्यूज ,"भेषभुषा ,भाषा ,धर्म संस्कृतीको संरक्षण एवम बिश्व भरिका मगरहरुको एकता अहिलेको आवश्यकता"भन्ने नाराका साथ आउँदै गरेको राष्ट्रिय पर्व माघ्या सकराटी -५०१४ ( २०७७ ) नेपाल मगर संघ शाखा इजरायलले कोरोना भाइरसको कारण सम्पूर्ण बिस्व आक्रान्त पारेको यस कठिन परिस्थितिमा जुम भर्चुअल मार्फत "माघ्या सकराटी''पर्व मनाउने भएकोछ। नेपाली राजदुताबासबाट महामहिम राजदुत डा अन्जन शाक्यको प्रमुख अतिथ्य तथा नेपाल मगर संघ केन्द्रका अध्यक्ष नबिन रोक्का मगरको बिशेस अतिथ्यमा माघे सक्रान्ति "माघ्या सकराटी''पर्व शुभकामना आदान प्रदान कार्यक्रम गर्दै मनाउने भएको जानकारी संघका महासचिव बिबश आले मगरले हामीलाई जानकारी दिनु भएको छ। नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए ( सन् २०१३ साल)यता प्रत्येक बर्ष मगर समुदायकका पहिचानका चाड पर्वहरु भब्य रुपले मनाउदै आइरहेको छ। यस बर्ष भने कोभिड-१९को कारण जुम भर्चुअल मार्फत मनाउन बाध्य भएको महासचिव आलेमगरले बताउनु भएको छ। यस जुम भर्चुअलमा सहभागी हुनको लागि इजरायलमा स्थापित सम्पुर्ण संघ ,संस्थाहरु ,मिडियाकर्मी त्यसैगरि नेपाल मगर संघ केन्द्र र केन्द्रको मातहतमा रहेका सम्पुर्ण भातृसंस्थाहरु ,बैदेशिक संगठनहरु ,बुद्धिजीवी ,अग्रजहरु , लगायत देश विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपालीभाषी दिदीबहिनी ,दाजुभाईहरुलाई नेपाल मगर संघ शाखा इजरायलले हार्दिक अनुरोध गरेको छ।

Meeting ID: 865 8568 1876

Passcode: maghe2077

Time: Jan 15, 2021 04:30 PM Jerusalem

मिती :15 जनवरी 2021 ( २०७७ माघ २ गते )शुक्रबार

समय : साँझ ५:०० बजे इजरायलको (नेपाली समय ८:४५) बजे मध्यम : जुम भर्चुअल


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...