तमु समाज युएईको तमु ल्होसार बैठक शारजाह युएईमा सम्पन्न ।

विदेश

तमु समाज युएईको तमु ल्होसार बैठक शारजाह युएईमा सम्पन्न ।
सेप्टेम्बर १७ मनु कोंमे तमु युएई :-तमु समाज युएईको नियमित बैठक तथा तमु ल्होसार सम्बन्धि बैठक गत मिति २०१९ सेप्टेम्बर १३ तारिख शुक्रबार उषा निवास फ्लाट नं. १०८ अलकासिमिया सारजाह युएईमा सम्पन्न भएको छ।तमु समाज युएईका अध्यक्ष उषा तमुस्योको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि तमु समाज युएईका संरक्षक राजु तमु, बिशेष अतिथिमा तमु समाज युएईका प्रमुख सल्लाहकार डेर राज तमु ,अतिथिमा तमु समाज युएई आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष नन्द कुमार तमु र तमु समाज युएई दुबई क्षेत्रीय समितिका सह-सचिव रमेश तमु रहनु भएको थियो भने तमु समाज युएईका केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमु,उपाध्यक्ष नन्द जंग तमु,महासचिव पबित्र तमुस्यो,सचिव इन्द्र तमु,सांस्कृतिक बिभाग प्रमुख अमृत तमु,महिला बिभाग उप-प्रमुख रमिला तमुस्यो,संगठन बिभाग उप-प्रमुख संजय तमु,केन्द्रिय सदस्य ममता तमुस्यो तथा केन्द्रिय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । त्यसैगरी आबुधाबी क्षेत्रीय कार्यसमितिका उपाध्यक्ष प्रवीण तमु,दुबई क्षेत्रीय कार्यसमितिका सदस्य राम तमु,सदस्य यम तमु लगायत क्षेत्रीय कार्यसमितिका पदाधिकारीहरु , मानार्थ सदस्यहरु, सक्रिय सदस्यहरु,बुद्धिजीवी महानुभावहरु , समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो। उक्त बैठक तमु समाज युएईका महासचिव पबित्र तमुस्योले संचालन गर्नु भएको थियो भने प्रस्तावहरु छ्लफलको लागि सचिव इन्द्र तमुले प्रस्तुत गर्नु भएको थियो।बैठकमा महत्वपूर्ण प्रस्तावहरु माथी छलफल गरि विभिन्न निर्णयहरु गरेको छ। बैठकमा तमु समाज युएई दुबई क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष ललिता तमुस्यो कर्मभुमी युएई लाई बिट मार्दै जन्मभूमि नेपाल प्रस्थान गर्नु हुने भएको हुंदा तमु समाज युएईका अध्यक्ष एवं बैठकका अध्यक्ष उषा तमुस्यो,समाजकै संरक्षक राजु तमु र समजकै प्रमुख सल्लाहकार डि आर तमुले दोसल्ला ओढाएर सम्मान पत्र र मायाको चिनोको साथ बिदाइ गरिएको थियो भने उहाँका बुवा आमा र सांगी डोल्मा तमुस्यो लाई खादा ओढाएर स्वागत तथा बिदाइ गरिएको थियो। त्यसैगरी समाजकै वरिष्ठ उपाध्यक्ष मुनिन्द्र तमु र समाजकै महिला बिभाग उपप्रमुख रमिला तमुस्योको पुत्री लाभ भएको अवसरमा खादा ओढाएर बधाई तथा शुभकामना दिएको थियो। उक्त बैठकमा तमु समाज युएईले आगामी २०२० जनवरी १० तारिख शुक्रबार अबुधाबी युएईमा आयोजना गर्न गइ रहेको तमु ल्होसार कार्यक्रम भव्यरुपमा मनाउनको लागि नेपाल बाट अतिथि कलाकारको रुपमा तमु (गुरुङ ) कलाकार र गैर तमु कलाकार १/१ जना कलाकार ल्याउने निर्णय गरेको छ भने कार्यक्रम लाई सफलतापुर्बक सम्पन्न गर्नको लागि विभिन्न समितिहरु गठन समेत छ। गठित समितिहरुमा तमु ल्होसार कार्यक्रम संयोजकमा नन्द जंग तमु,कार्यक्रम उप संयोजकमा नन्द कुमार तमु,व्यवस्थापन बिभाग प्रमुखमा राजु तमु ,व्यवस्थापन बिभाग उप-प्रमुखमा प्रवीण तमु ,प्रचार प्रसार बिभाग प्रमुखमा मान सिङ तमु (मानु कोन्मे), सांस्कृतिक बिभाग प्रमुखमा अमृत तमु,सांस्कृतिक बिभाग उप-प्रमुखमा किरण तमु,प्रायोजक बिभाग प्रमुखमा पबित्र तमुस्यो ,अतिथि सत्कार बिभाग प्रमुखमा इन्द्र तमु,अतिथि सत्कार बिभाग उप-प्रमुखमा भगवती तमुस्यो,मेन गेट स्वयंसेवक बिभाग प्रमुखमा मुनिन्द्र तमु,आर्थिक बिभाग प्रमुखमा बल बहादुर तमु ,स्वयंसेवक बिभाग प्रमुखमा यम तमु ( सिक्लेस) र स्वयंसेवक बिभाग उप-प्रमुखमा बिजय तमु रहेको छ। बैठकले तमु ल्होसार कार्यक्रमको कलाकार छनौटको जिम्मेवारी सांस्कृतिक बिभाग प्रमुख अमृत तमु लाई दिएको छ भने कार्यक्रम लाई अझ मनोरञ्जनमय बनाउनको लागि चिठ्ठा उपहार समेत राख्ने निर्णय गरेको छ।बैठकले अबुधाबी life line hospital मा गएर प्रत्येक शुक्रबार नि:शुल्क स्वास्थ्य परिक्षण (free checkup ) गर्न सकिने हुंदा अबुधाबी क्षेत्रका पदाधिकारीहरु लाई नि:शुल्क स्वास्थ्य परिक्षण गर्न र भोल्यन्टीयर पनि गरि दिन तमु समाज युएई केन्द्रिय समितिले अनुरोध गरेको छ। उक्त नियमित बैठक तथा तमु ल्होसार सम्बन्धि बैठकको समापन तमु समाज युएईका अध्यक्ष एवं बैठकका अध्यक्ष उषा तमुस्योले गर्नु भएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...