नेपाल कम्युनिस्ट पार्टी कास्कीको इन्चार्ज राजकाजी गुरुङ करण चयन ।

राजनीति

नेपाल कम्युनिस्ट पार्टी कास्कीको  इन्चार्ज राजकाजी गुरुङ करण चयन ।
जुलाई २२ पोखरा :- नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीको जिल्ला ईन्चार्जमा राजकाजी गुरुङ''करण'' चयन भएका छन् ।पार्टीको केन्द्रीय सचिवालयको आजको बैठकले देशका ७७ वटै जिल्लाका ईन्चार्ज, सहईन्चार्ज तथा महानगरपालिका ईन्चार्जको टुँगो लगाएको हो । नेकपा कास्कीको सह-ईन्चार्जमा श्रीनाथ बराल, भीम कार्की, सीता गिरी र शारदा सुवेदी चयन गरिएको छ । त्यसैगरि जिल्ला सरहको हैसियत पाएको पोखरा महानगरपालिकाको इन्चार्जमा महानगर प्रमुख समेत रहेका मानबहादुर जिसी चयन भएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...