नेपाली कांग्रेसको बिरोध सभाका कारण पोखराको ट्राफीक व्यवस्था ठप्प ,सर्व साधारणलाई सास्ती |

राजनीति

श्रावण १५ पोखरा :-प्रमुख प्रतिपक्षि दल  नेपाली काँग्रेसले ओली सरकारको विरोधमा देशव्यापी रुपमा विरोध सभा गरेको छ ।सरकारले अधिनायकवादी शैली अपनाएको र करवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको भन्दै काँग्रेस सरकारको विरोधमा उत्रिएको हो । देशव्यापी कार्यक्रम अन्तर्गत कास्की काँग्रेसले पनि पोखरामा विरोध सभा गरेको छ । सरकारले अधिनायकवादी शैली अपनाएको आरोप लगाउने काँग्रेसले पनि सार्वजनिक सडक कव्जा गरेर सभा गरेको गरेर अधिनायकवादी वनेको टिप्पणी सर्वसाधारणले गरेका छन् । राजनीतिक पार्टीहरुले पूर्व प्रतिवद्धता विर्सेर आवागमनै अस्तव्यस्त हुने गरेर विपी चोकमा सभा गर्दा पोखराको ट्राफिक व्यवस्थापन केही घण्टा भद्रगोल भएको थियो । बजारको मुख्य चोकनै वन्द हुँदा जनताले सास्ती बेहोर्नु परेको थियो | विरोधसभालाई सम्वोधन गर्दै काँँग्रेस केन्द्रीय सदस्य जीवन परियारले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागे । सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएकोले काँग्रेस सडकमा आएको भनाई नेता परियारको छ।‘सरकारका मन्त्रीहरु गैरजिम्मेवार तरिकाले अभिव्यक्ति दिँदै हिँडेका छन् । कानून तथा सामान्य प्रशासन मन्त्रीको सार्वजनिक अभिव्यक्तिले सवैको शिर झुकेको छ। ’ परियारले भने,‘ यि सवैको नैतिक जिम्मेवारी लिएर प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्दछ।’ नेता परियारले वायुसेवा निगमको वाईडवडी जहाज खरिदमा पर्यटन मन्त्री रविन्द्र अधिकारीले करोडौँ रुपैयाँ भ्रष्टाचार गरको आरोप समेत लगाए भने काँग्रेसका नेता एवं पूर्वमन्त्री यज्ञबहादुर थापाले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कसैसँग सम्झौता नगर्ने बताए | संघीय संसदका सदस्य सूर्यवहादुर केसीले सरकारले वढाएको करवाट उद्योग व्यवसाय धरासायी हुने चेतावनी दिए । गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापा अहिलेको आन्दोलन सांकेतिक मात्र भएको आवश्यक परे सशक्त आन्दोलन गर्ने चेतावनी दिए । विरोधसभामा पूर्व मन्त्री यज्ञवहादुर थापा, काँग्रेस कास्की सभापति कृष्ण केसी, तरुण दलका मनोज गुरुङ लगायतले वोलेका थिए । यसअघि पृथ्वीचोकवाट नारा जुलुसहित काँग्रेस कार्यकर्ताहरु चिप्लेढुँगा पुगेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...