माओबादी केन्द्रबाट बिना मगर र पम्फा भुसाल मन्त्रि बन्ने पक्का |

राजनीति

माओबादी केन्द्रबाट बिना मगर र पम्फा भुसाल मन्त्रि बन्ने पक्का |

फेब्रअरी २४ काठमाडौँ :-भोलि हुने भनिएको सरकार बिस्तारको लागि माओवादी केन्द्रबाट २ महिला मन्त्री बन्ने पक्का भएको छ। माओवादी केन्द्रबाट बीना मगर र पम्फा भुसाल मन्त्री बन्ने भएका हुन्। उनीहरुले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन।

माओवादीले ७ मन्त्रालय पाउने यसअघिनै निर्णय भईसकेको छ । माओवादीबाट सरकारको नेतृत्व रामबहादुर थापा बादलले गर्नेछन्। माओवादी केन्द्रले शनिबार बेलुकासम्म मन्त्रीको नामावली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझउने तयारी गरेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार मन्त्री बिस्तार हुने बताएका छन्।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...