युएईमा हृदयघातबाट मृत्यु भएका बिष्णु अधिकारीको हिन्दु परम्परा अनुसार युएईमा अन्त्यष्टी।

विदेश

युएईमा हृदयघातबाट मृत्यु भएका बिष्णु अधिकारीको हिन्दु परम्परा अनुसार  युएईमा अन्त्यष्टी।
जुलाई १४ मनु कोंमे तमु युएई :-कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ९, नयाँ बजार घर भइ, हाल युएईको अजमानमा बसोबास गरि रहेका वर्ष ३९ का विष्णु अधिकारीको गत १६ जुन २०२० का दिन युएई स्थित अजमान राज्यमा हृदयघातका कारण निधान भएको थियो । मृत्यु भएको अपुष्ट समाचार सामाजिक संजाल मार्फत् प्राप्त भए सँगै कास्की आदर्श सेवा समाज युएईले मृतकको परिवारको पहिचान गरि मृतकको भिसा रहेको कम्पनी दुवई स्थित मेट्रो टेक्सी एलएलसी मा सम्पर्क गरि पहल गरेको थियो । बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण मृतकको शब लाई नेपाल पठाउन नसक्ने अवस्था रहेको हुंदा शब लाई युएईमा नै अन्त्यष्टी गर्नको सहजिकरणको लागी पारिवारिक श्रोत सँगको बारम्बार भलाकुसारी र सरसल्लाह गरेको थियो भने नेपाली राजदुतावास अबुधाबी युएईको प्रक्रियागत समन्वय र कम्पनीको सहयोगमा आज २०२० जुलाई १२ तारीख सोमबार हिन्दु परम्परा अनुसार दुवई स्थित जबेल अलिमा कास्की आदर्श सेवा समाज युएईका का.व. महासचिव शिवराज वस्ताकोटी, केन्द्रिय सदस्य श्याम प्रसाद भण्डारी, सक्रिय आजिवन सदस्य ध्रुबराज आचार्य, स्व. अधिकारीका छिमेकी भरत बहादुर धिताल, हिमाल धिताल र अन्य दुई जनाको उपस्थितीमा अन्त्येष्टी सम्पन्न गरेको छ । यसैगरी कोरोनाको महामारीका बखत अन्त्येष्टी प्रक्रियाका लागि उल्लेख्य सहयोग गरेको भन्दै नेपाली दुतावास अवुधावीका जनसम्पर्क अधिकृत असारूद्दिन मुसलमान, दुतावास सँग समन्वय गर्न सहयोग गर्ने सल्लाहकार संयोजक मनोज कुमार सैंजु, कम्पनीका समन्वय कर्ता समिर प्रति विशेष धन्यवाद तथा सहजीकरणका लागी गृह जिल्लामा परिवार समक्ष सम्पर्क गराउन सहयोगी भुमिका निर्वाह गर्ने कास्की आदर्श अन्तराष्ट्रिय समन्वय परिषद् नेपालका उपाध्यक्ष निरज थापा तथा परिवारका सदस्य सँग भएको हरेक छलफलमा सकारात्मक सहयोग गरि काम समापन गर्न सहजता प्रदान गर्ने दिल बहादुर अधिकारी र भरत बहादुर धिताल प्रति कास्की आदर्श सेवा समाज युएईले हार्दिकता सहित नमन प्रकट गरेको छ। स्व. अधिकारीको दिवंगत आत्माको चिर शान्तीको कामना गरि हार्दिक श्रद्दान्जली अर्पण गर्दै शोकको यस घडिमा शोकाकुल परिवारजनमा माता बिन्धबासीनीले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् भन्ने कामना सहित कास्की आदर्श सेवा समाज युएईका अध्यक्ष केदार कुँवरले गहिरो समवेदना प्रकट गरेको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...