नि-वर्तमान उप -सभामुख शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रिय सदस्यमा मनोनित ।

राजनीति

नि-वर्तमान उप -सभामुख शिवमाया तुम्बाहाङ्फे नेकपाको केन्द्रिय सदस्यमा मनोनित ।
जनवरी २९ काठमाडौँ :-नेपाल कम्युनिष्ट पार्टीले नि-वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेको स्रोतले जनाएको छ ।नेकपा केन्द्रीय समिति बैठक बुधबार बिहान ११ बजे सुरु हुँदैछ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो । केन्द्रीय सदस्य बनेपछि आजको बैठकमा सहभागी हुन तुम्बाहाङ्फेलाई बाटो खुलेको छ । शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन् । सभामुख र उपसभामुखपदमा निर्वाचित भएपछि दलगत आवद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ ।पार्टीले केन्द्रीय सदस्य मनोनित गरेपछि आजदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन् । उनी एकीकरण भएर नेकपा बन्नु अघि एमालेकी केन्द्रीय सदस्य थिइन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...