स्थानीय जनप्रतिनिधिलाई बिप्लव समुहको धम्की पूर्ण चिठ्ठी ,जनप्रतिनिधि त्रसित |

राजनीति

स्थानीय जनप्रतिनिधिलाई बिप्लव समुहको धम्की पूर्ण चिठ्ठी ,जनप्रतिनिधि त्रसित |

फेब्रअरी २६ सुर्खेत :- नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सुर्खेतका स्थानीय जनप्रतिनिधीलाई धम्की दिंदै राजीनामा माग गरेको छ । विप्लवको पार्टीले सुर्खेतका गाउँ तथा नगर प्रमुख उपप्रमुल लगायत वडा कार्यालयमा पत्र पठाएर राजिनामा माग गरेको छ ,पत्रमार्फत राजीनामा नदिए भौतिक कारवाहि गर्ने समेत सो पार्टीले चेतावनी दिएको छ ।जनप्रतिनिधिहरुलाई संसदीय चुनावमा सहभागि नहुन खारेज अभियानमा साथ दिन अनुरोध गरेपनि उलंघन गरेकोमा आपत्ति जनाउँदै अबका दिनमा राजीनामा नदिए कार्वाही गर्ने चेतावनि पत्रमा छ ।

bipa

जनपरिषद नेपाल, भेरी कर्णाली स्वायत्त प्रदेश, जिल्ला जन परिषदको कार्यालय सुर्खेतको लेटरप्याडमा विस्तृत शान्ति सम्झौता उल्लघन गरेको, प्रचण्ड, वावुरामले आत्मसर्मपणसहित नेपाली कांग्रेस र नेकपा एमालेले गम्भीर प्रकारको धोका दिएको उल्लेख गरिएको छ । सो पत्रमा स्वायत्त प्रदेश घोषणा गरिएको समेत उल्लेख गरिएको छ ।

वीरेन्द्रनगर वडा नं ६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले विप्लव माओवादीबाट राजीनामाको चिठ्ठि आएपछि तनावमा परेको वताए । उनले बिहानै घरमा दुईजना माक्स लगाएर आएका व्यक्तिले पत्र छोडेर गएको बताए ।यता वीरेन्द्रनगर नगरपालिकाका मेयर र उपमेयरले भने वडा अध्यक्षहरुसँगको छलफल पछिमात्र धारणा सार्वजनिक गर्ने बताएका छन् |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...