भूपू प्रधान मन्त्रि भट्टराईलाई हत्यारा भन्दै बिरोध भए पछी नेपालमा त्यसको भर्षना |

राजनीति

भूपू प्रधान मन्त्रि भट्टराईलाई हत्यारा भन्दै बिरोध भए पछी नेपालमा त्यसको भर्षना |
भदौं ३१ अमेरिका:- अमेरिका भ्रमणमा रहेका नयाँ पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको घटनामा नेपालमा चर्को बिरोधको स्वर देखिएको छ ।राजनीतिकरुपमा भट्टराईको आलोचना गर्ने पूर्व माओवादी कार्यकर्तादेखि नयाँ शक्ति नेपाल समर्थकहरुले भट्टराईको बिरोध गरेकोमा चर्को आपत्ती व्यक्त गरेका छन् । अमेरिकाको टेक्सास पुगेका डा. भट्टराई विरुद्ध त्यहाँ रहेका ५ जना नेपालीले कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए ।तत्कालीन माओवादीका नेता डा. भट्टराईलाई ‘हत्यारा’ भन्दै उनीहरुले ‘मडरर गो ब्याक’ भन्दै नारा लगाए । उनीहरुले ‘नेपालका छोराछोरीलाई मार्ने, मडरर गो ब्याक’ भन्दै डा. भट्टराईलाई कालो झण्डा देखाएका थिए । डा। भट्टराई गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषद अमेरिकाको कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।नेपालमा भने नेपालका पूर्व प्रधानमन्त्रीविरुद्ध गरिएको अभद्र व्यवहारको भर्सना भएको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...