प्रधान मन्त्रि देउवाले फागुन ६ गते राजिनामा दिने|

राजनीति

प्रधान मन्त्रि देउवाले फागुन ६ गते राजिनामा दिने|

फेब्रअरी ७ पोखरा:- प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ६ गते राजिनामा दिने भएका छन् । देउवा निकट श्रोतका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको अन्तिम नतिजा राष्ट्रपतिलाई बुझाएको भोलिपल्ट राजीनामा गर्ने भएको छ।निर्वाचन आयोगले प्रकृया छोट्याएर फागुन ५ गते प्रतिनिधि सभासदस्यको समानुपातिक परिणाम राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । त्यस अनुसार कुनै प्राविधिक गडबडी नभए देउवाको राजिनामा फागुन ६ गते आउने छ ।

कानुन मन्त्री यज्ञ बहादुर थापाले पनि चुनावी सरकार भएकाले चुनावको नतिजा आएपछि सरकारमा बसिरहन नमिल्ने बताए ।प्रदेश र प्रतिनिधि सभा निर्वाचन सकिए पनि प्रधानमन्त्री देउवाले राजिनामा नदिएको भन्दै आलोचना हुदै आएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...