गाउपालिका अध्यक्ष माथी आक्रमण गरेको भन्दै आफ्ना कार्यकर्ता पक्राउ गरेकोमा नेपाली कांग्रेस चितवनको बिरोध ।

राजनीति

गाउपालिका अध्यक्ष माथी आक्रमण गरेको भन्दै आफ्ना कार्यकर्ता पक्राउ गरेकोमा नेपाली कांग्रेस चितवनको बिरोध ।
डिसेम्बर ८ चितवन :-इच्छाकामनाको वडा अध्यक्षमाथि भएको आक्रमणमा कांग्रेस कार्यकर्ताको नाम मुछिएको भन्दै नेपाली कांग्रेस चितवनले घटनाको बिरोध गरेको छ ।कांग्रेस चितवनले आज विज्ञप्ति जारी गर्दै इच्छाकामनाको वडा नम्बर २ मा रहेको वडा कार्यालय राति ९ बजे सार्न खोजिएकोले वडा अध्यक्षमाथि स्थानीयले आक्रमण गरेको दाबी गरिएको छ । विज्ञप्तिमा कांग्रेसले आफ्ना कार्यकर्तालाई झुटा आरोप लगाइ पक्राउ गरिएको पनि आरोप लगाएको छ ।त्यसैगरी नेपाल तरुण दल इच्छाकामना गाउँपालिकाले पनि आज विज्ञप्ति जारी गर्दै वडा अध्यक्षमाथि स्थानीय समूदायले आक्रमण गरेको भन्दै घटनाको भत्सर्ना गरिएको छ । त्यस्तै तरुण दलले स्थानीय कांग्रेस नेताहरु उत्तर कुमार गुरूङ र बिर्खबहादुर गुरुङलाई पक्राउ गरेको भन्दै निःशर्त रिहाइको माग पनि गरिएको छ । उनीमाथि शनिबार कालोमोसो दलेर दुव्र्यवहार भएको भन्दै वडा अध्यक्ष पंच बहादुर चेपाङले चितवन प्रहरीलाई जाहेरी दिएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...