पार्टी एकताको खुसीयालीमा ने. स. स. इजरायल र अ.ने.स. इजरायलले भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना ।

राजनीति    विदेश

पार्टी एकताको खुसीयालीमा ने. स. स. इजरायल र अ.ने.स. इजरायलले भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना ।
मे २६ तेल अभीव :सङघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपाल विचमा भएको पार्टी एकताको खुसियालीमा प्रवास भातृसंगठन हरु नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तराष्ट्रिय नेपाली समाज इजरायलको संयुक्त आयोजनामा “भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम”को योजना गर्ने भएको छ । जुन १४ २०१९ तेल अभीवको सेन्ट्रल बस स्टेशन पछाडीको सानो पार्क मा ५:०० बजे हुन गईरहेको कार्यक्रममा इजरायलवासी श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाईहरु, राजनीतिक ,सामाजिक,धार्मिक संगठन, संस्था र संचारकर्मी सबैलाई गरिमामय उपस्थितिका लागि आयोजकद्वारा हार्दिक निमन्त्रणा गरिएको छ ।सोही दिन बेलुकी ने.आ. ज. महांसघ इजरायलको ७ औ बार्षिकउत्सब तथा साधारणसभा पनि भएकोले निर्धारित समयमै कार्यक्रम हुने नेपाली सङघीय समाज (नेफेसो) इजरायल का प्रवक्ता समिर स्याङाबा ह्योल्मोले जानकारी दिनु भएको छ ।

“भेटघाट तथा शुभकामना आदन-प्रदान कार्यक्रम” मिती :-१४ जुन २०१९ शुक्रबार स्थान :-सेन्ट्रल बस स्टेशन पछाडी सानो पार्क । समय :- ५:०० बजे ।

आयोजक :-नेपाली सङघीय समाज (नेफेसो) इजरायल र अन्तरराष्ट्रिय नेपाली समाज इजरायल ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...