भारतको नवौ संस्करण नक्सामा काली नदी गायब।

राजनीति

भारतको नवौ संस्करण नक्सामा काली नदी गायब।
नोभेम्बर २२ काठमाडौँ :-अतिक्रमित नेपाली भूमिलाई आफ्नो राजनीतिक नक्सामा देखाएको भारतले नयाँ नक्सा जारी गरेको छ । तर उसले अतिक्रमित भूमि छाड्नुको साटो नेपाल भारत सीमाका रुपमा रहेको काली नदीलाई नै नक्साबाट हटाएको छ । सर्वे अफ इन्डियाले जारी गरेको नवौं संस्करणको नक्सामा काली नदी नै गायब पारिएको छ । जबकी आठौं संस्करणको नक्सामा काली नदी स्पष्ट रुपमा देखाइएको थियो । त्यही नक्साका कारण नेपपालमा आन्दोलन चर्किएको छ । नेपाल सरकारले पनि भारतीय नक्सा अस्वीकार्य मात्र भनेन, अतिक्रमित भूमिबाट सेना फिर्ता लैजान आग्रह गरेको छ । त्यसको केही दिनपछि भारतले काली नदी लुकाउनकै लागि नवौं संस्करण निकालेको हो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...