आज बस्ने भनिएको बाम एकता संयोजन समितिको बैठक स्थगित |

राजनीति

आज बस्ने भनिएको बाम एकता संयोजन समितिको बैठक स्थगित |

फेब्रअरी ९ काठमाडौँ :- नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता संयोजन समितिको आज बस्ने भनेको बैठक स्थगित भएको छ ।बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच लामो गोप्य वार्ता भएको थियो । त्यसपछि शुक्रबारका लागि एकता संयोजन समितिको बैठक बोलाइएको थियो ।

नेकपा एमालेका शीर्ष नेताहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित भएको जानकारी दिए ।महराका अनुसार प्रचण्ड आइतबार मात्रै चितवनबाट राजधानी फर्किने कार्यक्रम छ । उनले भने, ‘अध्यक्ष काठमाडौँ फर्किएपछि मात्रै आइतबारपछि २ नेताहरुबीच छलफल गरेर बैठक कहिले बस्ने तय हुन्छ ।’पार्टी एकताबार अन्योल बढी रहेको समयमा लामो समयपछि बिहीबार ओली र प्रचण्डबीच भएको गोप्य बार्तापछि बोलाइएको संयोजन समितिको बैठकबाट एकता प्रक्रियाले गति लिने धेरैको विश्वास रहेको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...