सर्बोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न अस्विकार |

राजनीति

सर्बोच्च अदालतले रेशम चौधरीलाई रिहा गर्न अस्विकार  |
पुस २४ काठमाडौँ :-टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा गर्न अस्विकार गरेको छ। पाँच दिनअघि प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा आज पेशीमा चढेको थियो। सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले कैलाली जिल्ला अदालतको आदेश मिलेकै देखिएकाले उक्त आदेश खारेज नहुने आदेश गरेको हो। चौधरीमाथि जाहेरीकर्ताले किटानी पोल गरेको र सहअभियुक्तहरुले बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए। चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यामान रहेको भन्ने २०७४ फागुन १४ को जिल्ला अदालतको आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश मिलेकै देखिने आजको आदेशमा भनिएको छ। कैलाली क्षेत्र नम्बर १ बाट राजपाबाट प्रत्यक्षतर्फ निर्वाचित भएका उनलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशविरुद्ध चौधरी २०७५ असार ५ गते सर्वोच्च पुगेका थिए। लामो समय फरार रही आत्मसर्मपण गरेका चौधरीलाई पुस १९ गते प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उनलाई सपथ गराएका हुन्। २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडपमा एक बालकसहित ८ जनाको हत्या भएको थियो। सो घटनाको मुख्य दोषी चौधरीलाई देखाइएपछि उनी फरार भएका थिए। भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...