ओली सरकारका मन्त्रिहरुले १० महिनामा अढाई करोड भ्रमणमा सिध्याए |

राजनीति

ओली सरकारका मन्त्रिहरुले १० महिनामा अढाई करोड भ्रमणमा सिध्याए |
पुस २७ काठमाडौँ :- प्रधानमन्त्री केपी ओलीले नियुक्ति भएको दिनदेखि मितव्ययी र भ्रष्टाचार रहित बनाउन आफ्ना मन्त्रीलाई सचेत गराईरहेका छन्  तर करिब १० महिने कार्यकालमा नेपाल सरकारका मन्त्रीहरूले जिल्ला भ्रमणमा गरेको खर्च हेर्दा कसैले पनि निर्देशन पालना गरेको देखिएको छैन । सरकारका २५ मन्त्रीहरुले जिल्ला र विदेश भ्रमणको खर्चमा अघिल्लो शेरबहादुर देउवा नेतृत्वको ‘जम्बो मन्त्रिपरिषद्’ लाई पनि उछिनेका छन् । २०७४ फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइएको छ । देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसारयत्तिको रकम दैनिक भत्ता र हवाई टिकटमा मात्र खर्च भएको हो । मन्त्रीहरूले जिल्ला भ्रमण र अनुगमनमा जाँदा सम्बन्धित मन्त्रालय र मातहत कार्यालयबाट समेत रकम र इन्धन लिने गरेका छन् । प्रधानमन्त्री कार्यालयले मन्त्रीहरूलाई तलब, भत्ता र इन्धन उपलब्ध गराएपनि दोहोरो सुविधा लिइरहेका हुन् । साभार :-कान्तिपुर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...