प्रधान मन्त्रि ओली ३ दिने भारत भ्रमण पुरा गरि स्वदेश फिर्ता |
राजनीति
अप्रिल ८ काठमाडौँ :- प्रधानमंत्री केपी शर्मा ओलीले अब सधैँका लागि नेपाल र भारतबीचको सम्बन्ध सुध्रिएको बताउनु भएको छ ।भारतको ३ दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्रीले यसो भन्नु भएको हो।त्रि. अ. विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले भारतसँगको सम्बन्ध थप समधुर बनेको र अब सधैंका लागि सुध्रिएको बताउनु भयो ।ओलीले भने, हामी भारतसँगको सम्बन्ध बिगार्ने पक्षमा छैनौं ।’
