माओवादी केन्द्रले स्याङ्गजामा सर्ब सम्मतबाट उम्मेदवार सिफारीस ।

अन्य    राजनीति

माओवादी केन्द्रले स्याङ्गजामा सर्ब सम्मतबाट उम्मेदवार सिफारीस ।

अक्टुबर ९ स्याङ्गजा:- नेकपा माओवादी केन्द्र स्याङ्जाले आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जाको क्षेत्र नं. १ बाट माओवादी केन्द्रका नेतृ अमृता थापा मगर र क्षेत्र नं. २ बाट शिवकुमार कोइराला ‘ज्वाला’ को नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ । भने प्रदेशसभाका लागि क्षेत्र १ (क) बाट प्रेम थापा र १ (ख) बाट शैलेन्द्र घिमिरेको नाम सिफारिस भएको छ ।

त्यस्तै क्षेत्र नं. २ को प्रदेश (क) बाट प्रकाश न्यौपाने ‘किरण’ र २ (ख) बाट सुर्यप्साद गैरे ‘पारस’ को नाम सिफारिस भएको जिल्ला संयोजक पारस शर्माले एभरेष्ट दैनिकलाई जानकारी दिए ।त्यसैगरी, समानुपातिक तर्फ प्रतिनिधीसभाका लागि अमृता थापा मगर, दिपक घर्तीमगर, खिमकुमार बिक, गिरिधारी कोइराला, ध्रुबराज लम्साल, दिपा भुसाल र लक्ष्मी पौडेल नाम सिफारिस गरिएको छ ।

त्यस्तै, प्रदेशसभाका लागि कल्पना अर्याल, रनबहादुर तमु, चन्द्रबहादुर थापा, खिमा पाण्डे, संघ ताम्राकार, र्इश्वरी सिग्देल अर्याल, तिलबहादुर गुरुङ, हुसेन अली र कृष्णबन्दु पौडेलको नाम सिफारिस भएको जिल्ला इञ्चार्ज शैलेन्द्र घिमिरेले जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...