रेशम चौधरीको समर्थनमा काठमाडौँमा मसाल जुलुसको योजना गर्ने |

राजनीति

रेशम चौधरीको समर्थनमा काठमाडौँमा मसाल जुलुसको योजना  गर्ने |

मार्च १२ काठमाडौँ :-प्रतिनिधिसभाको सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीसहित टीकापुर घटनामा जेलबन्दी रहेका थारुहरुको रिहाई माग गर्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले राजधानीमा मसाल जुलुस प्रदर्शन गर्ने भएको छ।

थारु कल्याणकारिणी सभा उपत्यका समितिका सभापति सुमन चौधरीले साँझ ६ बजे मसाल जुलुस निकालिने जानकारी दिए। त्यसका लागि काठमाडौंमा रहेका सम्पूर्ण थारुहरुको उपस्थितिका लागि समितिले आह्वान गरेको छ।

संघर्ष समितिको आन्दोलन परिचालन समितिले दिउँसो १ बजे थारु कल्याणकारिणी सभाको केन्द्रीय कार्यालय शान्तिनगरमा उपस्थित हुन थारुहरुको अनुरोध गरेको छ।त्यस्तै आजै तराई मधेस राष्ट्रिय परिषद्ले माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गर्दैछ। उसले दिउँसो ४ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन आयोजना गर्दैछ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...