प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने निश्चित |

राजनीति

प्रदेश नम्बर ४ को नाम गण्डकी राख्ने निश्चित |
जुलाई ५ पोखरा :-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले निर्णय गर्न नसक्दा अलमलिएको प्रदेश नामकरण प्रकृया अघि वढ्ने भएको छ। नेकपाको वुधवार वसेको संसदीय दलको वैठकले प्रदेशको नाम गण्डकीको सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको हो । गण्डकी वा गण्डकी तमुवान भन्नेमा सांसदहरु विच एकमत नहुँदा नेकपाले निर्णय गर्न नसक्दा असार १९ गतेको संसद वैठक सूचना टाँसेर २ दिनको लागि स्थगित भएको थियो ।प्रदेश नं ४ को प्रदेश सभाको वैठक सुरुनै नभई सूचना टाँस गरेर स्थगित भएको छ । सोमवार प्रदेश राजधानी पोखरा कायम गरेको प्रदेश सभामा मंगलवार प्रदेशको नाम सम्वन्धि छलफल हुने वताईएको थियो । प्रदेश सभाका ५९ सदस्यमा नेकपाका ३९ सांसद छन् ।प्रदेशको नामकरण प्रदेश सभाको २ तिहाई वहुमतवाट गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...