प्रदेश नम्बर ४ का सांसद टेक बहादुर घर्तीको ४६ बर्षको उमेरमा निधन |

राजनीति

मंसिर २७ पोखरा :-बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’ का गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएको छ । सांसद घर्तीको १७ दिन देखि काठमाडौंमा रहेको ग्राण्डी अस्पतालको आईसीयू कक्षमा उपचार भैरहेको थियो । ग्राण्डीले सांसद घर्तीको स्वास्थ्य अवस्था गम्भीर रहेको र थप उपचारका लागि भारत लैजान सुझाव दिएपछि मंगलबार थप उपचारका लागि एयर एम्बुलेन्सबाट दिल्लीको एपोलो अस्पताल लगिएको थियो । १४ दिनदेखि बेहोस अवस्थामा रहेका घर्तीको उपचारकै क्रममा ४६ वर्षको उमेरमा निधन भएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अमर थापाले बताउनुभयो । ढोरपाटन नगरपालिका वडा नम्बर –६, सइखोला निवासी सांसद घर्ती राष्ट्रिय जनमोर्चाबाट प्रदेश सांसदमा निर्वाचित हुनुभएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...