नेकपाले पायो निर्बाचन आयोगबाट बैधानिक मान्यता |

राजनीति

नेकपाले पायो निर्बाचन आयोगबाट बैधानिक मान्यता |
कात्तिक ९ काठमाडौं:-निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैधानिकता पाएको छ । निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै नेकपाको नामलाई वैधानिकता दिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकताभएपछि बनेको दलको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको थियो । कट्टेलले एमाले र माओवादी एकता भएर राखेको नाम आफ्नो पार्टीसँग जुध्ने गरि रोखेको भन्दै खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगमा शुक्रवार बसेको प्रमुख आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरुको बैठकले दुई दलको फरक अस्तित्व देखिएको भन्दै सत्तारुढ दलको नामलाई बैधानिकता प्रदान गरेको हो । आयोगमा सो नामको दल त्यसअघि नै दर्ता भइसकेको थियो । जसको अध्यक्ष हुन्, ऋषि कट्टेल । एउटै नाममा दुई वा सो भन्दा बढी दल दर्ता गर्न नमिल्ने कानूनी प्रवधानका कारण निर्वाचन आयोग पुगेको सत्तारुढ दलको टोलीले नेपाल कम्युनिस्ट पार्टीनामको दल दर्ताका लागि निवेदन दियो । मुनि अन्डरलाइन राखिए पनि नाम एउटै थियो । यसबीचमा सामाजिक सञ्जालमा अण्डरलाइन नेकपा भनेर खिस्सी गर्ने क्रमसमेत शुरू भइसकेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...