यी हुन् कोरोना संक्रमितको उपचार गर्ने निजी अस्पतालहरु

देश

यी हुन् कोरोना संक्रमितको उपचार गर्ने निजी अस्पतालहरु
२० भदौ, पोखरा । सरकारले तोकेकै शुल्कमा १६ वटा निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने भएका छन् । मन्त्रालयको समन्वयमा कोरोनाका बिरामी पठाउने र उनीहरुको खर्चसमेत सरकारलेनै व्यहोर्ने गरी ती अस्पतालसँग सम्झौता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । सरकारको समन्वयमा काठमाडौं उपत्यकामा ७ र उपत्यका बाहिरका ९ वटा निजी अस्पतालले कोरोना संक्रमित बिरामीको उपचार गर्ने भएको छ । अस्पतालको उपचारखर्च सरकारले व्यहोर्ने गौतमले जनाए । संक्रमितको उपचारमा खटेका १६ निजी अस्पताल : काठमाडौं उपत्यकामा जनमैत्री अस्पताल बयोधा अस्पताल काठमाडौ मेडिकल कलेज सिनामंगल मेघा अस्पताल, कान्तिपुर अस्पताल तिनकुने काठमाडौं डेन्टल एण्ड जनरल अस्पताल बसुन्धरा नोबेल अस्पताल सिनामंगल काठमाडौं उपत्यका बाहिर चितवन मेडिकल कलेज, भरतपुर धुलिखेल सामुदायिक अस्पताल, धुलिखेल पुरानो मेडिकल कलेज, भरतपुर जानकी अस्पताल, जनकपुर नेशनल मेडिकल कलेज,वीरगञ्ज नेपालजञ्ज मेडिकल कलेज,कोहलरपुर लुम्बिनी मेडिकल कलेज, पाल्पा देवदह मेडिकल कलेज, बुटवल विराट मेडिकल कलेज, विराटनगर

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...