मेयर भरत कुमार थापाले आफ्नो लागी गाडी किन्ने पैसाले जनतालाई ट्यांकर किने |

राजनीति

मेयर भरत कुमार थापाले आफ्नो लागी गाडी किन्ने पैसाले जनतालाई ट्यांकर किने |
असोज २४ सर्लाही,:-स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि धेरै स्थानमा जनप्रतिनिधिले चढ्ने गाडीका विषयहरुमा बहस र चर्चा भए । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले आफु चड्ने गाडी खरिद गर्न छुट्याएको ३० लाख रुपैयाँले जनतालाई पानी ढुवानी गर्ने ट्यांकर खरिद गरेका हुन् । पानी ट्यांकरले मंगलबारबाट जनताको घर दैलोमै निःशुल्क पानी पुर्‍याउन सुरु गरेको छ । शुद्ध खानेपानी घरघरमै आएपछि स्थानीय हर्षित बनेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...