प्रधान मन्त्रि तथा एमाले अध्यक्ष ओली समबेदना दिन लाजिम्पाटमा ।

राजनीति

प्रधान मन्त्रि तथा एमाले अध्यक्ष ओली समबेदना दिन लाजिम्पाटमा ।

नोवेम्बर २० काठमाडौँ :- नेकपा माओवादी केन्द्रका अध्यक्षको परिवारमा परेको पुत्र शोकमा समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट निवास पुगेको छ । नेताद्वय एयरपोर्टबाट सोझै लाजिम्पाटस्थित अध्यक्ष प्रचण्डको निवासमा पुगेको हो ।

अध्यक्ष प्रचण्ड तथा पार्टीका सल्लाहकार सीता दाहाललाई समवेदना व्यक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनबाट देशले होनहार र इमान्दार छोरा गुमाएको बताए । “प्रकाश निकै सरल थिए, निकै मेहनती र इमान्दार पनि । म निकै भावविह्वल बनेको छु । मन सम्हालेर धैर्य धारण गर्न सक्नुहोस् भन्ने कामना गर्दछु ।” प्रधानमन्त्री देउवा चुनावी प्रचार अभियानका क्रममा गृह जिल्ला डडेल्धुराबाट समवेदना दिन काठमाडौं आईपुगेको हो ।

प्रधानमन्त्री देउवाभन्दा केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विमानस्थलबाट सोझै लाजिम्पाट पुगेकाे थियो । अध्यक्ष ओलीले प्रकाशको निधनले राष्ट्र र पार्टीमा क्षति पुगेको बताउँदै धैर्यधारणका लागि कामना गरेको थियो ।

साभार :-खबर डट कम


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...