प्रदेश नम्बर ४ को मुख्य मन्त्रि सहमति हुन सकेन,चुनावी प्रतिस्पर्धाबाट चुनिने |

राजनीति

प्रदेश नम्बर ४ को मुख्य मन्त्रि सहमति हुन सकेन,चुनावी प्रतिस्पर्धाबाट चुनिने |

फेब्रअरी ११ पोखरा :-प्रदेश ४ को मुख्यमन्त्री सहमतिमा चुन्ने एमालेको प्रयास असफल भएको छ । अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुनेछ ।दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङबीच प्रतिस्पर्धा हुनेछ |प्रदेश १ र ३ मा संस्थापन पक्ष र माधव नेपाल पक्षबीच गुटगत चुनाव भए पनि प्रदेश ४ मा भने दुवैजना संस्थापन पक्षकै नेताबीच चुनाव हुन लागेको हो ।

सहमतिको सम्भावना नरहेकाले निर्वाचनबाट छिनोफानो हुने दलको नेताका प्रत्याशी किरण गुरुङले बताए ।प्रदेश ४ को ६० सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् ।  दुवै नेताले आफू जित्ने दावी गरेका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...