कांग्रेसलाई जिस्क्याउने कम्युनिस्ट अब सकियो ,गगन थापा |

राजनीति

कांग्रेसलाई जिस्क्याउने कम्युनिस्ट अब सकियो ,गगन थापा |
माघ ११ काठमाडौं:-प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका युवा नेता एवंम पूर्व मन्त्री गगन कुमार थापाले काँग्रेसलाई जिस्काउने कम्युनिष्ट अब सकिएको उद्घोष गरेका छन् । दुई तिहाईको कम्युनिष्ट सरकारले प्रतिनिधि सभामा जबरजस्ती रुपमा चिकित्सा शिक्षा विधेयक शुक्रबार पारित गरेपछि सरकारविरुद्ध कडा आक्रोश पोखेका गगनले कम्युनिष्ट सकिएको दावी गरे । उनले भने–“काँग्रेस सदनबाट पनि लड्छ, यसको प्रतिउत्तर पछि पाउँछ, अब सरकार र सभामुखलाई पनि महंगो पर्छ, काँग्रेसलाई जसले जिस्कायो कम्युननिष्ट पनि अब सकिएको छ ।” नेता थापाले विधेयक पास गराउन सरकार भन्दा पनि सभामुख बढि लागेको प्रति आक्रोश पोख्दै सभामुख कृष्णबहादुर महरालाई अब महंगो पर्ने चेतावनी दिए । उनले भने–“सभामुखले शुक्रबार सरकारी विधेयक माथि छलफल गर्न मिल्दैन भनेर भन्ने तर जालझेल गरेर विधेयक पास गराए ।”

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...