”सुत्केरी आमा र मेरो क्वारेन्टीनको बसाई”चक्रमणि रिमाल।

अन्य

”सुत्केरी आमा र मेरो क्वारेन्टीनको बसाई”चक्रमणि  रिमाल।
मे २४ युएई :-म सानो हुँदा हजुर आमाले भन्नु हुन्थो नजाऊ बाबु उता आमा सुत्केरी भएकी छन्। तिमी जस्तै सानो नानी पाएकी छन्, आमा छुइ छुई भएकी छन् नाबालक जिद्दी गरी जान खोज्दा कपडा खोलि नांगो बनाई जा भनेकै हुन। सुत्केरी आमा र सानो नानी लाई संक्रमण होला भनी कपडा खोली पठाएकै हुन। सुत्केरी आमा बाट फर्की आउँदा नुहाई धुवाई गरी कपडा लगाई दिएकै हुन। थाहा छैन मलाई आमा जीवनमा कति पटक क्वारेन्टीन मा बसेकी हुन। करिब दुई हप्ता घरको एउटा कुनामा छुट्टै बसि खाना पानी सुताई आफूले मात्र गरेकै हुन। हाम्रो संस्कार र संस्कृतिमा हामीलाई उही बेला देखि क्वारेन्टीन सिकाएकै हुन। फरक यति आमाले घरको एउटा कुनालाई बनाएको क्वारेन्टीन नाथे भाइरसले संसार लाई नै क्वारेन्टीन बनाएको हो। मानिस मानिसको के कुरा घर परिवारको सदस्य नै पराई भो आमाको क्वारेन्टीन मा जाँदा कपडा खोली जान पर्ने हो, नाथे भाइरसको क्वारेन्टीनमा कपडा मोडि (पी पी ई) लगाउनु पर्ने भो। सुत्केरी आमाको हिँडडुल गर्नलाई खुसियाली मन थियो तर तन् (बल) थिएन। नाथे भाइरसको माक्वारेन्टीनमा मसँग हिँडडुल गर्नलाई तन छ तर मनै भएन। सुत्केरी आमाको घरको एउटा कुना नै नछुने क्वारेन्टीन हो तर नाथे भाइरसले संसार लाई नै क्वारेन्टीन बनाउँदै गयो सुत्केरी आमाको क्वारेन्टीन बच्चा जन्माउने प्रसव पीडा अनि त्यस पछिको हो। हाम्रो क्वारेन्टीन जीवन बचाउने अनि नाथे भाइरसलाई भगाउने हो सुत्केरी आमाको बस्ने क्वारेन्टीनको समय र सीमा तोकिएको थियो हाम्रो क्वारेन्टीनको बसाई कति सम्म हो कसैलाई थाहा नहुने भयो जान कहीं हुँदैन जसलाई देखे पनि डर नै डर, मास्क भित्रको अमिलो हसाई । अनि भन्न मन लाग्छ सुत्केरी आमा र मेरो क्वारेन्टीनको फरक बसाई अनि भन्न मन लाग्छ सुत्केरी आमा र मेरो क्वारेन्टीनको फरक बसाई । लेखक:- मेजर चक्रमणि रिमाल( नेपाली सेनाका सेनानी )

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...