दीपक मनाङ्गे (राजीव गुरुङ )भारतीय नम्बरको गाडी चढेर प्रदेश सभामा पुगे ,मनाङ्गेको शपथको बिपक्षिबाट बिरोध |

राजनीति

दीपक मनाङ्गे (राजीव गुरुङ )भारतीय नम्बरको गाडी चढेर प्रदेश सभामा पुगे ,मनाङ्गेको शपथको बिपक्षिबाट बिरोध |
माघ १६ पोखरा :-मनाङ (ख) बाट निर्वाीचत राजीव गुरुङ / दिपक मनाङेले सपथ लिएको बिषयमा गण्डकी प्रदेशसभाका प्रतिपक्षी दलहरुले बिरोध गरेका छन् । गण्डकी प्रदेशको प्रदेश सभामा मंगलबार विशेष समय लिएर संसदमा सपथले सदनभित्र गलत नजिर बसेको भन्दै विरोध गरेका छन् । राष्ट्रिय जनमोर्चाका संसदीय नेता कृष्ण थापाले जनप्रतिनिधी धोएको सेतो मुला जस्तो हुनु पर्न बताए । मनाङेको सपथले संघीयताको नराम्रो धज्जी उडेको बताए ।नयाँ शक्तिका संसदीय नेता हरिशरण आचार्यले अदालतले फैसला नगरेसम्म सपथ गराउन नहुने भन्दै बिरोध गरे । सभामुख नेत्रनाथ अधिकारीले हिजो पद तथा गोपनीयताको सपथ गराएका थिए । सपथ लिएको भोली पल्टै सांसद राजीव गुरुङले मंगलबार गण्डकी प्रदेशसभामा आउँदा भारतीय नम्बर प्लेटको गाडी चढेर प्रबेश गरेका छन् । प्रदेश सभा भवन भित्र सरकारी नम्बर प्लेटको र मन्त्रीको गाडीमात्र संसद कम्पाउन्ड भित्रको पार्किङस्थलमा पुग्न पाउँछन् । भारतीय नम्बर प्लेटको गाडी संसदमा किन आउन दिइयो भन्दै सबै सांसदहरु नै आश्चर्यमा परेका थिए । मनाङेले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेको बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...