राष्ट्रिय सभाको निर्बाचन माघ २४ गते हुने |

राजनीति

राष्ट्रिय सभाको निर्बाचन माघ २४ गते हुने |

जनवरी ५ काठमाडौँ :-राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते हुने भएको छ । माघ २४ गते बिहीबार राष्ट्रिय सभाको निर्वाचन गर्ने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसअघि आजको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा पनि निर्णय गर्ने बताइएको थियो । तर त्यसबारेमा कुनै निर्णय नभएको मन्त्री कार्कीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा चुनावको मिति तोक्ने विषयमा मात्रै छलफल भएको थियो । यसअघि निर्वाचन आयोगले पनि माघ २४ या २५ मा निर्वाचनको मिति तय गर्न सुझाव दिएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...