हस्ताक्षर गरिएका ५० मतपत्र झोलामा बोकेर हिड्ने अधिकृत ,बस्नेत ।

राजनीति

हस्ताक्षर गरिएका ५० मतपत्र झोलामा बोकेर हिड्ने अधिकृत ,बस्नेत ।

नोवेम्बर २७ नुवाकोट :-नुवाकोट- नुवाकोटको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश ख अन्तरगत तारकेश्वर गाउपालिका वडा नम्बर २ स्थित श्री कृष्ण मा वि तारुका मतदान केन्द्रमा मतदान अधिकृतद्वारा हस्ताक्षर गरिएका ५० मतपत्र उनकै झोलामा भेटिएको छ ।

वाम गठबन्धनतर्फबाट सो केन्द्रमा प्रतिनिधि बनेका भरत सिग्देलका अनुसार प्रदेश सभा तर्फका ५० मतपत्र अधिकृत अर्जुन बहादुर बस्नेतको झोलामा भेटिएको हो । सो पछि केही विवाद उत्पन्न भएपनि अधिकृतले आफूबाट गल्ती भएको स्वीकार्दै क्षमा याचना गरेपनि स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षाकर्मी समेतको रोहवरमा सो अवस्थाको यथार्थ चित्रण सहितको मुचुल्का तयार गरी मतपेटिका सदरमुकाम बिदुर पठाइएको सिग्देलले जानकारी दिए ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...