आफ्नै कार्यकर्ताबाट कुटिए वडा अध्यक्ष खगराज आचार्य ।

राजनीति

आफ्नै कार्यकर्ताबाट कुटिए वडा अध्यक्ष  खगराज आचार्य ।
जुलाई २९ पोखरा :-पोखरा महानगरपालिका २१, का वडाध्यक्ष खगराज आचार्यमाथि कुटपिट भएको छ । कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले आइतबार साँझ कुटपिट गरेको वडाध्यक्ष खगराजले बताए । कुटपिटमा संलग्न दातारामलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको डिएसपी कोमल शाहले जानकारी दिए ।वडाध्यक्ष खगराजसहित केही व्यक्ति राष्ट्रबैंकचोकस्थित जुस पसलमा बसिरहेका बेला दातारामले एक्कासि मुक्का र हेलमेट प्रहार गरेको प्रत्यक्षदर्शीले जानकारी दिए । दातारामले मादक पदार्थ सेवन गरी आफूमाथि प्रहार गरेको वडाध्यक्ष खगराजले सुनाए । आफूमाथि कुटपिट हुनुको कारण थाहा नभएको वडाध्यक्षले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...