नेकपाको केन्द्रिय सचिवालय बैठक आज देखि बस्दै |

राजनीति

नेकपाको केन्द्रिय सचिवालय बैठक आज देखि बस्दै |
कात्तिक ४ काठमाडौं:- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज देखि बस्दैछ । दुई दिने बैठक आइतबार शुरु हुने नेकपाका नेताहरुले बताएका छन् । बैठक प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको छ। यसअघि असोज २४ र २७ गते बस्ने भनिए पनि बैठक स्थगित गरिएको थियो । सचिवालय बैठकमा मन्त्रीपरिषद् हेरफेर, पार्टीका संगठनहरुको एकीकरण, केन्द्रीय आयोग तथा विभागको गठनका विषयमा छलफल हुने बताइएको छ । बैठकमा पार्टी भित्र देखिएको विवाद समाधानसँगै संसदमा प्रभावकारी प्रस्तुति र सरकार सञ्चालनका विषयमा पनि कुराकानी हुने बुझिएको छ । पोलिटव्युरो गठन, सचिवालय, स्थायी कमिटि तथा केन्द्रीय सदस्यको कार्यविभाजनका बारेमा पनि बैठकमा छलफल हुने तयारी छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...