युएईमा कोभिड – १९को नयाँ संक्रमित ५७१ एक जनाको मृत्यु ३६,३५९ संक्रमित।

विदेश

युएईमा कोभिड – १९को नयाँ संक्रमित ५७१ एक जनाको मृत्यु ३६,३५९ संक्रमित।
जुन ४ मनु कोंमे तमु युएई :- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार २०२० जुन ०३ तारिख बुधबार ५७१ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३६,३५९ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ४२७ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका १९,१५३ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २७० जना पुगेको छ भने संक्रमित बिरामी १६,९३६ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...