फुजेल हत्या काण्डका आरोपी छबिलाल रिहा |

राजनीति

फुजेल हत्या काण्डका आरोपी छबिलाल रिहा |
भदौं २५ चितवन:-गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या मुद्दामा सफाई पाएका छविलाल पौडेल सोमबार रिहा भएका छन् । जिल्ला अदालत चितवनले फुजेल काण्डका १३ जना प्रतिवादीमध्ये १२ जलाई सफाइ दिने फैसला आइतबार गरेको थियो । सोसँगै फुजेलकै पौडेल रिहा भएका हुन् । उनी डिल्लीबजारस्थित कारागारबाट रिहा हुँदा सयौं फुजेलबासी र नेकपाका कार्यकर्ताहरुले बाजागाजासहित स्वागत गर्न पुगेका थिए । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धका बेला २४ जेठ २०६१ मा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको अपहरणपछि हत्या भएको थियो । एसएलसी परीक्षा दिएर चितवनको जयमंगगलामा रहेका हजुरबुवा र हजुरआमा भेट्न आएका कृष्णप्रसादको अपहरणपछि पछि रत्नगरमा हत्या भएको थियो । मृतक कृष्णका बुवा नन्दप्रसाद छोराका हत्या भएको भन्दै २४ जेठ २०६१ मा जिल्ला प्रहरी कार्यालय चितवनमा जोहरी दिएका थिए । त्यसको डेढ वर्षपछि मृतकको दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । मृतकको बुवा नन्द्रपसाद र आमा गंगामाया अधिकारीले छोराका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरशण अनशन थालेपछि ३० चैत २०७० मा जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको थियो । १३ जना प्रतिवादीविरुद्ध जन्मकैदको मागसहित मुद्दा दायर भएपनि जिल्ला अदालतले प्रमाण नपुगेको भन्दै ४ वैशाख २०७१ मा ७ जनालाई धरौटीमा छाडेको थियो । जिल्लाको फैसलाविरुद्ध पुनरावेदन अदालत हेटौंडामा मुद्दा दायर भएकोमा पुनरावेदन अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरेपछि उक्त मुद्दा सर्वोच्चमा पुगेको थियो । सर्वोच्च अदालतले ६ पुष २०७२ मा अन्य प्रतिवादीको हकमा जिल्लाकै फैसला सदर गरेपनि छबिलाला पौडेललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशानुसार गत असार २५ गते अदालतमा आफैं उपस्थित भएका छबिलाल अहिले डिल्लीबजार कारागारमा थिए । नारायणी डट कम

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...