भोली नेपाल बन्दको घोषण ,राजधानीमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु ।

राजनीति

भोली नेपाल बन्दको घोषण ,राजधानीमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु ।
मे २६ काठमाण्डौ :- काठमाडौँमा दुई स्थानमा आइतवार दिउँसो सिलिन्डर ‘बम’ विस्फोट भएको छ ।आइतवार दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार सुकेधाराका विस्फोटमा एकजनाको घटनास्थलमा र एकजनाको उपचारका क्रममा ज्यान गएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले अनामनगरको विस्फोटस्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको छ । ‘भोलीको बन्द सफल पारौँ’ भन्ने सन्देशसहितको प्रचा भेटिएको छ’, बोगटीले भने, ‘अनमनगरमा घरभित्रै बम पड्काइएको खुलेको छ। थप अनुसन्धान भइरहेको छ ।’ बोगटीका अनुसार सुकेधारामा भएको बम विस्फोटमा परेर दुईजनाको ज्यान गएको छ। त्यहाँ कम्तीमा पाँचजना घाइते भएका थिए। घाइतेहरुको उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको छ । अनामनगर विस्फोटमा घाइते भएका एकजनाको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ।भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले हत्या गरेको भन्दै विप्लव समूहले बन्द आह्वान गरेको थियो ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...