कन्चनपुर् घटनामा ३ जना प्रहरी अधिकृत कारबाहीमा |

अन्य

कन्चनपुर् घटनामा ३ जना प्रहरी अधिकृत कारबाहीमा |
भदौं ८ काठमाडौं:-गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीय छात्रा निर्मला पन्तका हत्यारालाई खोजविन र कारवाही नगरेको आरोप लागेका ३ जना प्रहरी अधिकृतलाई कारवाहीको तयारी गरेको छ । निर्मलाका हत्यारालाई तीन हप्तासम्म खोजविन र कारवाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृहमन्त्रालयले थप कारवाही प्रक्रिया अगाडि बढाएको हो ।निर्मलाको हत्याको घटनामा निश्पक्ष छानविन गर्नुको साटो ३ हप्तासम्म जिम्मेवारी ननिभाएको आरोप लागेपछि गृहमन्त्रालयले भदौ ७ गते कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी ज्ञानबहादुर सेटी र प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । प्रहरी अधिकृतहरुलाई कारवाही प्रक्रिया अघि बढाउन गृहमन्त्री रामबहादु रथापा बादललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आदेश दिएको स्रोतले बताएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...