लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध शान्तीपूर्ण प्रदर्शन गरीरहेका १९ आन्दोलनकारी पक्राउ ।

राजनीति

लोकसेवा आयोगको समावेशी विज्ञापनविरुद्ध शान्तीपूर्ण प्रदर्शन गरीरहेका १९ आन्दोलनकारी पक्राउ ।
अगस्ट ११ काठमाडौँ :-लोकसेवा आयोगको विज्ञापनको विरोधमा आइतबार भद्रकालीबाट र्यालिसहित सिंहदरवार हुँदै लोकसेवा आयोगको कार्यालय घेर्न जाने क्रममा उनीहरुलाई भद्रकालीबाटै प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले १९ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । जसमा १८ जना पुरुष र १ जना महिला रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापनअनुसार परीक्षा भइरहेको छ । आन्दोलनकारीलाई लछारपछार गर्दे पक्राउ उन्नाईस जना आन्दोलनकारी पक्राउ | आरक्षण बचाऔं आन्दोलनकाे पूर्वघाेषित प्रदर्शनकाे क्रममा २०७६ साउन २६ गते भद्रकालीमा शान्तिपूर्ण धर्ना बसिरहेका आन्दोलनकारी गिरफ्तार परेकाछन् । पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लब, प्रदशर्नीमार्गमा राखिएकाेछ । पक्राउ परेकाहरुको नामावली:- १। गोबिन्द छन्त्याल, कार्यवाहक अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ २। भक्त विश्वकर्मा, अध्यक्ष, दलित गैसस महासंघ ३। कुमार लिङ्देन, अध्यक्ष, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४। खगेन्द्र माखिम, अध्यक्ष लिम्बुवान राष्ट्रिय समिति, समाजवादी पार्टी ५। दलमर्दन कामी, केन्द्रीय सदस्य, समाजवादी पार्टी ६। सुखवीर थामी, कार्यवाहक महासचिव, नेपाल आदिवासी जनजाति महासंघ ७। सहेक विश्वकर्मा, सचिवाय सदस्य आरक्षण बचाऔं आन्दोलन ८। हेमन्त राई, महासचिव, आदिवासी जनजाति युवा महासंघ ९। काशिन्द्र यादव, सदस्य, मधेश समन्वय समिति १०। राकेश राई, उपाध्यक्ष, किरात राई यायोक्खा ११। सिएन थारू, संयोजक, तराई-मधेश राष्ट्रिय परिषद् १२। कल्पना सुनार, दलित अधिकारकर्मी १३। उस्पार सुनार, अध्यक्ष, नेपाल दलित संघ, काभ्रे १४। थाङ्साङ लावती, महासचिव, संघीय लिम्बुवान १५। वाङ्जु तामाङ, कवि १६। जयनकुमार मोक्तान, महासचिव, तामाङ चलचित्र संघ १७। रमेश थापा मगर, सचिव, मगर संघ कैलाली तथा केन्द्रीय सचिव, समाजवादी युवा संघ १८। लक्ष्मी थापा, सदस्य, काठमाडौं महानगर समिति १९ - महेश अधिकारी , समाजवादी युवा संघ काठमाण्डौ

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...